टेरामक्स भ्रष्ट्राचार प्रकरण : टंगाल पुगेर मन्त्री बस्नेतले दिए बयान

  • मिसन संवाददाता
  • शुक्रबार, माघ २६, २०८० ११:४0
टेरामक्स भ्रष्ट्राचार प्रकरण : टंगाल पुगेर मन्त्री बस्नेतले दिए बयान

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बेलुका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको बयान लिएको छ। अख्तियार स्रोतले बिहीबार कार्यालय समय सकिएपछि मन्त्री बस्नेत बयानका लागि टंगालस्थित आयोगको मुख्य कार्यालयमा बयानका लागि आएको पुष्टि गरेको छ।

यसअघि पटकपटक बोलाउँदा पनि मन्त्री बस्नेतले बयानका लागि आनाकानी गरेका थिए। २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा मन्त्री बस्नेतले गैरकानुनी रुपमा टेरामक्स प्रणाली स्थापनाको निर्णय गरेको आरोप उनीमाथि छ। मन्त्री बस्नेतले कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त सिस्टम सञ्चालन गर्ने भनी सञ्चारमन्त्री भएकै बेला निर्णय गरेका थिए। यस प्रकरणमा आरोपित अन्य पदाधिकारीहरुसँगै तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि अख्तियारमा बयान दिइसकेका छन्।

  • मिसन संवाददाता
  • -