हृदयेश त्रिपाठी र वृशेषचन्द्र लालले सहकार्य गर्ने

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० १0:५३
हृदयेश त्रिपाठी र वृशेषचन्द्र लालले सहकार्य गर्ने

जनता प्रगतिशील पार्टी नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । हृदयेश त्रिपाठीको नेतृत्त्वमा रहेको जप्रपा र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तमलोपाबीच बुधबार पाँच बुँदे सहमति भएको हो ।

उनीहरुबीच भएको पाँच बुँदे सहमति सार्वजनिक भएको छ । बुधबार भएको सहमतिको पहिलो बुँदामा नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न भनिएको छ।

त्यसैगरी तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्ने, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन दुवै पार्टी सहमत भएको उल्लेख छ।

यी विषयमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका दलहरुलाई पनि सहकार्यको लागि अनुरोध गरिएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट