माओवादीमा को कताको इन्चार्ज ?

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १३:४३
माओवादीमा को कताको इन्चार्ज ?

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू हेरफेर गर्न लागेको छ। साउन अन्तिम साता माओवादी रुपान्तरण विशेष अभियानका लागि बनाइएका इन्चार्ज मंगलबार बसेको स्थायी समिति बैठकबाट हेरफेर गर्न लागिएको हो।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको स्थायी समिति बैठकमा नयाँ इन्चार्ज प्रस्ताव भएको हो। माओवादीले १० प्रदेश संरचनाको अभ्यास गरिरहेको छ।

यी हुन् प्रस्तावित इन्चार्ज

हरिबोल गजुरेल–कोशी इन्चार्ज
लीलामणि पोखरेल– मधेस प्रदेश
अग्नि सापकोटा– बागमती
दीनानाथ शर्मा– गण्डकी
चन्द्रप्रकाश खनाल– लुम्बिनी
कालीबहादुर मल्ल– कर्णाली
गिरिराजमणि पोखरेल–सुदूरपश्चिम
विशेष प्रदेश – हितमान शाक्य
सम्पर्क समन्वय कमिटी – देव गुरुङ
मध्यपूर्व ब्युरो – पम्फा भुसाल
भारत – मातृका यादव
युरोप – राम कार्की

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० १३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्