राष्ट्रियसभा बैठकः अध्यक्षको निर्वाचनसम्बन्धी मिति तोक्ने कार्यसूची

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० 0८:२१
राष्ट्रियसभा बैठकः अध्यक्षको निर्वाचनसम्बन्धी मिति तोक्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ। बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिनेछ।

यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुन गते नै सकिएको छ राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भएको थियो ।

आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गर्ने कार्यसूची पनि छ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० 0८:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट