वरिष्ठ समाजसेवी उप्रेतीको सहयोगमा शैलुङ्गमा सिसि क्यामेरा जडान

  • मिसन संवाददाता
  • शनिबार, चैत्र २४, २०८० २0:३0
वरिष्ठ समाजसेवी उप्रेतीको सहयोगमा शैलुङ्गमा सिसि क्यामेरा जडान

दाेलखाकाे शैलुङ गाउँपालिका केन्द्र बागखाेर बजारमा सिसि क्यामेरा जडान भएको छ । वरिष्ठ समाजसेवी शोभित उप्रेतीकाे सहयोगमा एस एस फाउन्डेसनले शैलुङ्गको बाघखाेर क्षेत्रमा सिसि क्यामेरा जडान गरेको हो।

आफ्नो जन्मस्थान शैलुङ्गका जनताको शान्ति सुरक्षा र जिउधनकाे सुरक्षाको निमित्त सिसि क्यामेराको प्रबन्ध गरिएको फाउन्डेसनले जनाएको छ । सिसि क्यामेराकाे उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष रिमालबाबू श्रेष्ठ, डाक्टर बिष्णु उप्रेती, बजार व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठ, फाउन्डेसन दोलखाका अध्यक्ष नवराज खड्का, एस एस फाउन्डेसनका सदस्य कुमार कार्की, शैलुङ वडा नम्बर ८ का पुर्ब वडा अध्यक्ष रामेश्वर उप्रेती लगायतको उपस्थिति थियो ।

सिसि क्यामेरा जडानले शैलुङ लगायतका आसपासका क्षेत्रहरूमा बढेकाे अपराध न्युनिकरण हुने स्थानीय प्रशासनले जनायो। यता समाजसेवी उप्रेतीले आफ्नो माटोसंग जोडिन पाउँदा खुसी ब्यक्त गरे ।

  • मिसन संवाददाता
  • -