अन्तराष्ट्रिय

जापानी प्रधानमन्त्री फुमियोमाथि आक्रमणको प्रयास

जापानी प्रधानमन्त्री फुमियोमाथि आक्रमणको प्रयास

काठमाडौं । प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने […]

  • २ years अगाडि
एक सय युक्रेनी युद्धबन्दी रिहा

एक सय युक्रेनी युद्धबन्दी रिहा

युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका […]

  • २ years अगाडि
खेलौना ठानेर बम खेलाउँदा…

खेलौना ठानेर बम खेलाउँदा…

देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विष्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज […]

  • २ years अगाडि
आतङ्कवादीसँगको झडपमा चार जना प्रहरी मारिए

आतङ्कवादीसँगको झडपमा चार जना प्रहरी मारिए

दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन निकायले जनाएका छन् । प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादीहरूबारे गुप्तचर सूचना पाएपछि खोजी अभियान चलाइरहेका क्वेटा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा […]

  • २ years अगाडि
कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो । संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण भएको र त्यसले आणविक युद्ध निम्त्याउन खोजेको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको […]

  • २ years अगाडि
अमेरिकामा आँधीः पाँच जनाको मृत्यु

अमेरिकामा आँधीः पाँच जनाको मृत्यु

विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका […]

  • २ years अगाडि
‘युक्रेनमा शान्ति स्थापना गर्न चीनको भूमिका महत्वपूर्ण छ’

‘युक्रेनमा शान्ति स्थापना गर्न चीनको भूमिका महत्वपूर्ण छ’

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । चीनको तीनदिने राजकीय भ्रमणमा रहनुभएका उहाँले यहाँ आएपछि दिनुभएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उक्त कुरा बताउनुभएको हो । चिनियाँ राजधानीमा फ्रान्सेली नागरिकहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले शान्ति र स्थायित्वको साझा जिम्मेवारीका निम्ति फ्रान्स सदैव तत्पर रहेको बताउनुभयो । युरोपेली मुलुकले बेइजिङसँगको व्यापारिक […]

  • २ years अगाडि
वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ । उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्राका लागि छ लाख ३४ हजार भक्तजन दर्ता भइसकेका जनाएको छ । […]

  • २ years अगाडि
इरानद्वारा युएईका लागि राजदूत नियुक्त

इरानद्वारा युएईका लागि राजदूत नियुक्त

विगत सात वर्षदेखि तेहरान र युएईबीच चिसिएको कूटनीतिक सम्बन्ध इरानले संयुक्त अरब इमिरेट्स ९युएई०का लागि आफ्ना राजदूत नियुक्त गरेसँगै पुनः हार्दिकतातर्फ फर्किएको छ । तेहरानले मङ्गलबार युएईका लागि नयाँ राजदूत नियुक्त गरेको छ । इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । […]

  • २ years अगाडि
अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । हातमा लाठी लिएका उनीहरूले कानुन उल्लङ्घन गरेका र विष्फोटक सामग्रीसमेत बोकेका प्रहरी प्रवक्ताले बताएका छन् । मस्जिदको […]

  • २ years अगाडि
पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उहाँले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गर्नुभएको छ । […]

  • २ years अगाडि
इन्दोर मन्दिर दुर्घटनाः छत्तीस जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

इन्दोर मन्दिर दुर्घटनाः छत्तीस जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा […]

  • २ years अगाडि

लोकप्रिये