गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान गर्ने जनाएको संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले जनाएका छन् । ती प्रवक्ताका अनुसार गत हप्ता मालीमा संयुक्त राष्ट्रसङ्घीय मिसनमाथि नै हमला भएको थियो र त्यसमा परेर […]
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको विकासका लागि यहाँको युवा बर्गलाई सक्रिय बनाइने बताउनुभएको छ । उहाँले देशको विकासका क्षेत्रमा सबै युवाहरुलाई सहभागी गराउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो । पाकिस्तानमा जारी रहेको युवा महोत्सवको अवसरमा उहाँले एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताउनुभएको हो । सो सन्देशमा […]
काठमाडौं । अमेरिकी गायिका सेलेना गोमेजले सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेकी छन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरसँगको हालैको विवादपछि उनले फ्यानलाई सामाजिक सञ्जालबाट टाढा हुने निर्णयबारे जानकारी गराएकी हुन् । उनको यो घोषणामा फ्यानले प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राममा धेरै पछ्याइने महिलाको कीर्तिमान राखेको केही दिनमै सेलेनाले दोस्रोपटक सामाजिक सञ्जालबाट टाढिन लागेको […]
काठमाडौं । यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको एक सैनिक अधिकारीले सोमबार बताएका छन् । अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल जलाल क्षेत्रमा एउटा घरमा प्रहार क्षेप्यास्त्र प्रहार गरेको थियो जुन घर हाल साउदी समर्थित यमनी सरकारद्वारा नियन्त्रित रहेको बताइएको छ । […]
इराकमा यहाँको सुरक्षा फौजको कारबाहीमा परी आइएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएका हुन् । इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आइएसले पछिल्लो समयमा आतङ्क मच्चाएकाले उनीहरुका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ । […]
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यको तटीय क्षेत्रमा भारी वर्षापछि आएको भीषण बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको स्थानीय अधिकारीले आइतबार बताएका छन् । मृत्यु हुनेमा १९ जना नाबालक रहेको राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पीडितका लागि राहतलाई प्राथमिकता दिइएको छ । सेनाका जवान, अग्निनियन्त्रक, स्वयंसेवक र उद्धारकर्मीहरूले अझै पनि […]
कम्बोडियामा मानव समुदायमा बर्डफ्लुको जोखिम कम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।आइतबार एक विज्ञप्ति जारी गर्दै डब्लुएचओ) ले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ । यसअघि, गत हप्ता दक्षिणपूर्वी एसियाली राष्ट्रले बर्ड फ्लुबाट दुई जना मानिसमा सङ्क्रमण भएको पुष्टि गरेको थियो । दक्षिणपूर्वी प्रि वेङ प्रान्तकी ११ वर्षीया बालिका […]
जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताउनुभएको छ । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताउनुभयो । यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११.३ अर्ब येन (१.५ अर्ब अमेरिकी डलर बराबर) छुट्याएको […]
टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५.६ प्रतिशतले कमी आएको जानकारी गराएको छ । जापानको आइची प्रिफेक्चरमा मुख्य कार्यालय रहेको कार कम्पनीले रिपोर्टिंग अवधिमा यसको बिक्री कूल सात लाख नौ हजार ८७०युनिट भएको बताएको छ । सेमीकन्डक्टरको अभावले […]
संयुक्त राष्ट्रसङ्घले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ ।संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ । सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्ष मुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको बताइएको हो […]
संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष चार अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । आठ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका एक करोड ७० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न सहायता संस्थाहरूले उक्त रकम माग गरेका हुन् । यस द्वन्द्वले लाखौं मानिसको ज्यान लिइसकेको छ र अरब प्रायद्वीपको […]
इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन् । वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका छन् । यद्यपि वार्ता चलिरहेकै बेला ‘प्यालेस्टाइनी आक्रमण’मा दुई जना इजरायलीको मृत्यु भएको इजरायलले जारी गरेको वक्तव्यमा उल्लेख छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उहाँका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गिभरले उत्तरी […]