कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाड्नुभएको पाँच वर्ष भइसक्यो । खेत जोत्न उहाँ अचेल ‘पावर टिलर’को प्रयोग गर्नुहुन्छ । उहाँको यहाँ साढे चार बिगाहा जमिन छ । वर्षौंदेखि उहाँले तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आउनुभएकामा अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्नुहुन्छ । “अगाडि राँगाले खेत […]
कैलालीको टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको थियो । दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आउनुभएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री गर्नुहुन्छ । अरुको बारीबाट मकै खरिद गरेर उहाँ श्रीमतीसहित दिनभर मकै बेच्न व्यस्त देखिनुहुन्छ । सानो मकै रु २० र ठूलो मकै २५ मा बिक्री […]
आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको […]
वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्नेबित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले किसानको चिन्ता बढेको हो । “खेतबारीमा भान्टा, परवल, घिराँैंला, झिगनी, रामतोरिया, करेला, फर्सी र लौकालगायत तरकारी फसल पानीको अभाबमा सुकिरहेका छन्” भङ्गाहा–४ का किसान बहुरा महतोले भन्नुभयो, […]
धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका […]
पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान नौ र १० एचपी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔँजार, बिउविजन, प्राविधिक सरसल्लाह, तालिम, […]
रोल्पाका कृषक आन्दोलित भएका छन् । कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन् । आर्थिक वर्ष २०७८÷७९ मा सम्झौता भई काम सम्पन्न भए पनि रकम अझैसम्म भुक्तानी नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रबाट अघिल्लो आवमा रु तीन करोड २५ लाख ५९ हजार कृषकलाई भुक्तानी दिन […]
युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ । बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै […]
म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद […]
झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो । कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती सुरु गरेको यहाँका किसान बताउँछन् । […]
नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट रु ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख […]
झापा, २४ चैत (रासस) : खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ । रासायनिक मलमा मुलुक पूर्णरुपमा परनिर्भर हुनुपर्दा किसानले चाहिएका बेला चाहिए जति मल […]