बाँकेको खजुराबजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधबारदेखि काम सुरु गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिनुभयो । सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती […]
पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । लामो समयसम्म खुदी खोलामाथि पुल नहुँदा १० मिनेटको बाटोका लागि एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने अवस्था […]
गण्डकी, १ चैत (रासस) ः हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । हाल पोखरालाई काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र भद्रपुरसँग हवाई सञ्जालले जोडेको छ । कोभिड–१९ महामारी जस्ता कारणबाट बन्द उडान सेवा पनि पुनः सञ्चालन गर्ने […]
बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको २०औँ कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै हेटौँडा नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ । उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का […]
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड कतै कालोपत्रे गर्न बाँकी छ भने कतै कालोपत्रे भइसकेको खण्ड उप्किएर क्षत्विक्षत् छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जिल्ला सदरमुकाम बागलुङ बजार खण्ड अझै कालोपत्र हुनसकेको छैन । अन्य खण्ड कालोपत्र भइसकेको लोकमार्गको घोडाबाधेदेखि हटियासम्मको सडक […]
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो । उक्त सडकखण्डमा बाह्र महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति लागि पालिकाले […]
सिरहाको लहान नगरपालिका–९ बसहाजोरीदेखि बेतहासम्म सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् । यस उत्तरी दुर्गम भेगमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु चार करोड ८० लाख ८५ हजारको लागतमा उक्त सडक निर्माण भइरहेको छ । एक निर्वाचन क्षेत्र एक पिच सडक कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा निर्माण हुन लागेको […]
कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ । पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पू¥याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दैआएको छ । कर्णालीका अधिकांश नागरिक विकासको महत्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेकाले प्रदेश सरकारले यसमा जोड दिएको हो । भौगोलिक हिसाबले सबैभन्दा ठूलो प्रदेश कर्णालीभरि यस […]
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उहाँले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिनुभएको हो । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित […]
जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक अलपत्र बनेको छ । मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दुरीको सडक स्तरोन्नति र कालोपत्र गर्न विसं २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक विसं २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य […]
नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ । कूल एक सय दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएर सवस्टेशनका अभावमा बिजुली खेर गएको अवस्थामा निर्माण […]
तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ । गाउँघरतीर मेलापात, घाँस, दाउरा, गोठालो गर्दा थकाइ मार्ने र गर्मी समयमा शीतलता लिने चौतारा पछिल्लो समय नासिँदै जान थालेपछि संरक्षण गर्न जुटेका हुन् । विकास निर्माणका क्रममा बाटो र सडक छेउमा रहेका चौतारा ढालिने हुँदा यस्ता सम्पदाको अस्तित्व […]