तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा […]
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवद्र्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न […]
हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । ‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायबसुब्बा विमला सिंहले बताउनुभयो । कम्तीमा महिलाको भान्सामा अग्र्यानिक तरकारी पुग्न सकोस् […]
म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पु¥याउने योजनाअन्तर्गत रु २० करोड ५८ लाख नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय, पोखराले चालु आर्थिक वर्षमै ठेक्का प्रक्रियामार्फत […]
चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । […]
दाङ, ६ वैशाख (रासस)ः सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन् । एक हप्ताअघि उक्त दहमा […]
गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव २०७८÷७९ मा रु ४९ करोड ३५ लाख ५७ […]
पटना (भारत), ५ वैशाख (रासस) : पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तक्र्रिया गरिएको हो । कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले पोखरा प्राकृतिक […]
ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो । कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन हुँदै आएको राजस्वमा कमी आएको हो । गत आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्ममा मालपोत […]
तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ । विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज […]
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ […]
काठमाडौँ, ४ वैशाख (रासस) ः नयाँ सडक खन्ने काममा जोड दिँदै आएको सडक विभागले पछिल्लो समय भइरहेका सडकको विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माणलाई प्राथमिकता दिन थालेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायत संरचनाको अध्ययन, आधुनिक पुल निर्माणलगायतमा केन्द्रित भएको पाइएको छ । सरकारको रणनीति […]