अर्थ/वाणिज्य

नेप्सेमा २८ अङ्कको गिरावट

नेप्सेमा २८ अङ्कको गिरावट

पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब […]

  • २ years अगाडि
लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ । याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा ब पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ । दुई वर्षको कोभिड सङ्क्रमणको जाखिम र […]

  • २ years अगाडि
‘सहकारीलाई सही ट्र्याकमा ल्याउनुपर्छ ’

‘सहकारीलाई सही ट्र्याकमा ल्याउनुपर्छ ’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा यहाँ जारी ‘तेस्रो सहकारी सम्मेलन’मा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएको छ भन्नुभयो । मानव […]

  • २ years अगाडि
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव […]

  • २ years अगाडि
सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन

गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो । अहिले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ । विसं २०७४ साउन ९ गतेदेखि पूर्वी […]

  • २ years अगाडि
मेलम्चीको पानी वितरण गर्न पाइप विच्छाइँदै

मेलम्चीको पानी वितरण गर्न पाइप विच्छाइँदै

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ । केही वर्ष पहिले विच्छ्याएका पाइपमा परीक्षण गर्नुका साथै आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो । यसअघि एशियाली विकास बैंकको ऋण सहयोगमा चक्रपथभित्रका विभिन्न स्थानमा पाइप विच्छ्याइएको थियो । त्यतिबेला छुटेका स्थानमा अहिले पुराना […]

  • २ years अगाडि
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट

नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो । नेप्सका अनुसार आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ७० हजार आठ सय १९ कित्ता शेयर २३ हजार तीन सय ८८ पटक खरिदबिक्री […]

  • २ years अगाडि
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग

अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक निर्दोष नेपालीले कतारको जेलमा बन्दीजीवन बिताइरहनुपरेको बताउनुभयो । सांसद ढकालका अनुसार गत वैशाखमा वैदेशिक रोजगारीका लागि कतार जान लागेका एक नेपालीको झोलामा कसैले झुक्याएर लागुऔषध […]

  • २ years अगाडि
सडक पूर्वाधारलगायतका विषयमा सरकारको ध्यानाकर्षण

सडक पूर्वाधारलगायतका विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरुले जनसरोकारका विषय, सडक पूर्वाधार ऊर्जा सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले जनजीविकाका सम्बन्धमा देखिएका समस्याको पहिचान गरी तत्काल समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद राजेन्द्रप्रसाद लिङ्देनले भद्रपुर (झापा) भन्सार कार्यालय र रेलवे कार्यालय झुम्का (सुनसरी) ले […]

  • २ years अगाडि
मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको रु दश करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत […]

  • २ years अगाडि
पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’

पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’

मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याउनुभएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ । खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिर्छुलुङ […]

  • २ years अगाडि
चौकीडाँडामा नौ करोडको लगानीमा खानेपानी

चौकीडाँडामा नौ करोडको लगानीमा खानेपानी

भरतपुर महानगरपालिका–२९ रु नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख, भरतपुर महानगरको रु एक करोड ७५ लाख तथा स्थानीयको रु ६२ लाख बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । पाँच […]

  • २ years अगाडि

लोकप्रिये