कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोेहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहरमैला व्यवस्थापन […]
सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा उल्लेख छ […]
रामपुर (पाल्पा), २२ चैत (रासस) : महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ । नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन् । हातमा सीप भयो भने महिला अरुको […]
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिनुभयो । “हामीले यस वर्ष २० किलोमिटरभन्दा […]
जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आउनुभएको छ । जब गाउँमा कसैकोे बिहे हुन्छ । कोसेली लैजानका लागि […]
बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार […]
उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा खण्डको १० किलोमिटर सडकमध्ये कालीगण्डकी गाउँपालिका–७ र गल्याङ –५ जोड्ने गरी आँधीखोलामा पुल निर्माण गरिएको आयोजनाका इञ्जीनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो । […]
मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ठोरीमा आयोजित ठोरीको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका तथा सम्मान कार्यक्रममा उहाँले ठोरीलाई प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरु योजना […]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र […]
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ । प्राधिकरणले तुलसीपुरका सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार नहटाउनेलाई विद्युत् लाइन काट्नेसम्मको निर्णय भएको छ । “हामीले पटक–पटक आग्रह गरे पनि कुनै पनि कम्पनीले प्रभावकारी काम गरेको पाइएन”, वितरण प्रमुख ज्ञानप्रसाद फर्सालले भन्नुभयो, “त्यसैले हामीले कडारुपमा अघि […]
गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् […]
सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक कालोपत्रमा गुणस्तरहीन भएको स्थानीयले जनाएका छन् । सडकलाई गुणस्तरीय […]