वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका […]
तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ । गाउँघरतीर मेलापात, घाँस, दाउरा, गोठालो गर्दा थकाइ मार्ने र गर्मी समयमा शीतलता लिने चौतारा पछिल्लो समय नासिँदै जान थालेपछि संरक्षण गर्न जुटेका हुन् । विकास निर्माणका क्रममा बाटो र सडक छेउमा रहेका चौतारा ढालिने हुँदा यस्ता सम्पदाको अस्तित्व […]
यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिनुभयो । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका […]
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार बेनीमा आयोजित कार्यक्रमका वक्ताले पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले म्याग्दीका सम्भावनालाईसमेत उजागर गर्नुपर्ने बताए । एक सय १३औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) पोखराको टोली बुधबार म्याग्दीको […]
देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा […]
मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले […]
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसँगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ । वल्र्डवाइड मालीका भगवती जेभीले विसं २०७४ मङ्सिर २७ मा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी भ्याट बाहेक रु एक करोड ९० लाखमा स्वास्थ्यचौकी भवन निर्माण […]
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ । विसं २०२१ को नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो । पहिलो चरणमा धनगढीको डुवान क्षेत्रलाई प्राथमिकतामा राखेर अतिक्रमण क्षेत्रमा डोजर लगाइरहेको उपमहानगरपालिकाले जनाएको छ । धनगढीको बढी डुवान हुने क्षेत्र वडा नं १ २, ३, ५, ७ का […]
वैदेशिक रोजगारका लागि दैनिक हजारौँको सङ्ख्यामा नेपालीहरु विदेश जान्छन् । वैदेशिक रोजगारमा गएकामध्ये निकै कमले मात्रै त्यहाँ आफूले सिकेको सीप नेपाल फर्किएर प्रयोग गर्छन् । वैदेशिक रोजगारका क्रममा १५ वर्ष दक्षिण कोरिया बसी फर्किनुभएका इभान गिरीले अहिले फ्रोजन मःमःको व्यवसाय सुरु गर्नुभएको छ । उहाँले यसरी बनाएको मःमः रेष्टुराँ, होटल, क्यान्टिन लगायतमा बिक्री गर्दै आउनुभएको […]
काठमाडौँ, २३ फागुन (रासस) : कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । म्याग्दीको भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो […]
विसं २०३९ मा धनकुटामा स्थापित तत्कालीन क्षेत्रीय सङ्ग्राहलय तथा हाल प्रदेश सङ्ग्रहालयले पर्यटकहरूको ध्यान आकर्षित गर्न सकेको छैन । तत्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोशी प्रदेशका १४ जिल्लाका १६ वटा विभिन्न जातजातिका कला संस्कृतिहरू यस सङ्ग्रहालयमा संरक्षित छन् । पछिल्लो समय विसं २०७५ मा प्रदेश सरकारको रु ४० लाख लागतमा ती जातिका वेषभूषा, गरगहना तथा […]
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ । आजको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५३ अङ्कले बढेर तीन सय ७० दशमलव […]