दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराती प्रथम राजा यलम्बरको १०० फिट अग्लो शालिक (प्रतिमा)सहितको उद्यान निर्माण सुरु गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी […]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्वशिक्षकले रु दुई लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । अन्नपूर्ण –३ दानाका गङ्गाबहादुर पुर्जा र उहाँकी श्रीमती योमाया पुर्जाले रु एक लाख ५१ हजार एक सय पाँच सहयोग गर्नुभएको हो । यसअघि रु एक लाख सहयोग गर्नुभएका हाल बेलायतमा बसोबास गर्नुहुने गङ्गाबहादुरका भाई कमलबहादुर […]
पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रु आठ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो । यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौटले बताउनुभयो । उहाँका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा […]
जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ । यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मकोे विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला […]
झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताउनुभयो । उहाँले […]
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]
तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यस अवधिमा रू १३ अर्ब ७५ करोड […]
पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन् । भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असहज बन्दै आएका छन् । मापदण्डविपरीत जहाँतहीँ डोजरको सहायताले खनिएका सडकमा बर्सेनि […]
चितवन, १९ फागुन (रासस) : यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ । धेरै सडक बनिरहेका छन् भने ठूला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन् । सडकमा हिँड्नेहरूलाई […]
काभ्रेपलाञ्चोक, १९ फागुन (रासस) : पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा आउँदो चैतबाट अन्तःशुल्क ‘स्टिकर’ छापिने भएको छ । त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ । आज उक्त केन्द्रको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुगमन निरीक्षण गर्दै आगामी चैतदेखि अन्तःशुल्क स्टिकर छाप्नसमेत निर्देशन दिनुभएको छ […]
नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर बस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र […]
गण्डकी, १९ फागुन (रासस)ः प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पु¥याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने अझै अधुरा छन् । आफ्नै […]