जिल्लाको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ । सो संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिबार दिउँसो बाघ मृत भेटिएको हो । जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी छ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने अनुमान छ । शनिबारै शव परीक्षण गरेर […]
कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन् । चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । कुँडुलेका […]
पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ । तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कार्यालयले कारबाहीस्वरुप स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको हो । दुवै सडक कालोपत्रको ठेक्का शङ्करमाली निर्माण सेवा काठमाडौँले पाएको थियो […]
कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी हुनुभएको छ । शनिबार सम्पन्न १९औँ साधारणसभामा उहाँ कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गर्नुभयो । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहनुभएका […]
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय र आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि अर्खौले र बुलापन्थे मावि धितुङ प्रथम भएको छ । नगरपालिकाभित्रका ११ वटै वडामा सञ्चालित कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । यसमा विजेता विद्यालयबीच दुर्छिम माध्यमिक विद्यालयको प्राङ्गणमा नगरपालिकाले हाजिरी जवाफ […]
जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थाल्नुभएको छ । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गर्नुभएकी उहाँले सिकलसेलका बारेमा अनुसन्धान गर्न थाल्नुभएको हो । चार वर्षअघि तुलसीपुर आउँदा उहाँले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल रोगका बारेमा जानकारी पाएको जनाउँदै त्यसमा पनि आफूले अध्ययन गर्न थालेको […]
महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । “न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भन्नुभयो, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो उत्पादन बेच्न र भण्डारण […]
जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ । दुईमध्ये एक एम्बुलेन्स एक वर्षदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारीसम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर […]
‘छ भनौँ कि छैन भनाँै’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौँ कहाँ’, ‘झन झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका गीतमार्फत स्थापित गायक सचिन रौनियारले गायनसँगै आफ्नो अभिनय रहेको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’ सार्वजनिक गर्नुभएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको ‘मरिहत्ते’ मा उहाँसँगै अभिनेत्री नीता ढुङ्गानाको […]
नमोबुद्ध नगरपालिकाले दीर्घकालीन योजनासहित कृषि रणनीति तय गर्ने भएको छ । ‘कृषि, व्यापार र पर्यटन : हाम्रो सशक्त अभियान’ भन्ने नारासहित पालिकाले कृषि रणनीति तय गर्न लागेको हो । नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषण गरी आगामी वर्षका लागि आवधिक योजनासहति रणनीति तर्जुमा गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । सबै क्षेत्रलाई योजनाबद्ध विकास […]
कपिलवस्तुमा विश्वमै सबैभन्दा ठूलोज्ञ गौतम बुद्धको मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो । गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिनुभयो । समझदारीपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख […]
पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्पवर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् । “रुखिएको जग्गामा चिस्यान हुनेगरी त पानी परेन, तर चिसो बताससँगै एकछिन परेको पानीले अत्यधिक […]