स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्ररेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार’सम्बन्धी छलफल कार्यक्रममा सचिव पोख्ररेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न प्रमुख कठिनाइ रहेकाले सेवासुविधामा वृद्धि गरी दुर्गम क्षेत्रमा जनशक्तिलाई टिकाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो । “जनशक्ति […]
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५१ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलब […]
निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । नयाँ पाठ्यक्रम यसवर्षदेखि कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षनै पाठ्यक्रम निर्माण गरिएको थियो । तर यहाँ बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो । निसीखोला– ५ र […]
रुपन्देहीको सियारी गाउँपालिकाले चालु आर्थिक वर्षमा छनोट भएका योजनाको काम प्रभावकारीरुपमा अगाडि बढाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छनोट गरी गाउँसभाबाट पारित भएका योजनामध्ये ९५ प्रतिशत योजनाको सम्झौता गरी कामको सुरुआत गरिसकेको जनाएको छ । सम्झौता भएका एक सय ७८ योजनामध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी […]
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रिकृत मानसिकता र अनावश्यक आरोपका कारण प्रदेश सरकारको उपलब्धि छायाँमा परेको बताउनुभएको छ । उहाँले मुलुकले सङ्घीयताको अभ्यास थालेको सात वर्षकै अवधिमा सन्तोषजनक भएको दाबी गर्नुभयो । सङ्घीयताको अभ्यासमा प्रदेश सरकारको उपलब्धि र चुनौतीका विषयमा मुख्यमन्त्री कार्कीसँग राससका समाचारदाता नारायण न्यौपाने र सिर्जना राईले गर्नुभएको सङ्क्षिप्त कुराकानीमा उहाँले सङ्घीय निजामती […]
नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) नेपालको २८औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यही चैत ३ र ४ मा चितवनको दियालो फुडल्याण्डमा महाधिवेशन हुन लागेको हो । औषधि तथा बिक्री प्रतिनिधिलाई बोलिचालीको भाषामा मेडिकल रिपे्रजेन्टिटिभ (एमआर) भन्ने गरिन्छ । सङ्घका अध्यक्ष अनिल दाहालका अनुसार देशभरका १४ इकाईबाट पाँच सय प्रतिनिधिले महाधिवेशनमा सहभागी […]
माछापुच्छ्रे गाउँपालिका कृषकलाई गाईभैँसीको गोठसहित बाख्राको खोर सुधार कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले पशु सेवा शाखाको समन्वयमा गोठ र खोर सुधार कार्यक्रमअन्तर्गत ८२ कृषक तथा फार्मलाई अनुदान दिने भएको हो । पालिकाबाट दैनिक १० हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । यहाँको व्यावसायिक पशुपालन फस्टाएको छ । गाउँपालिकाका […]
लामो समयदेखि बन्द रहेको परम्परागत ‘सिस्टेनी मेला’ रुपावासीको सक्रियता फेरि सुरु भएको छ । पचासको दशकको सुरुतिर बन्द भएको उक्त मेलाको जगेर्नामा स्थानीय कस्सिएका हुन् । कास्कीको, रुपा गाउँपालिका–६ मा यसपालिको चैतेदशैँमा दोस्रो सिस्टेनी मेला हुँदैछ । रुपाताल छेउमा लाग्ने उक्त मेला यही चैत १५ देखि १७ गतेसम्म चल्ने आयोजक शान्तिरुपा बराहथोक तमु युवा परिवारले […]
दैलेखमा सुरु गरिएको निःशुल्क शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् । शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जना बिरामीले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निःशुल्क उपचार सेवा प्रदान गरेको हो । आर्थिक अभावले काठमाडौँसम्म उपचार गर्न […]
फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा आफ्नो स्वादलाई चखाउन पाउने भएका छन् । यहाँ पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले जिल्लाका महिला उद्यमीलाई चारदिने ‘डिजिटल मार्केटिङ’सम्बन्धी तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बाहिरी बजारमा पठाउने […]
प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–३२ निवासी रामतुल्लाह मियाँ, चितवनको राप्ती नगरपालिका–१२ निवासी सहमुल पुजा, रामविलास पुजा र मर्कुस पुजा रहेको प्रहरीले जनाएको छ । जीतपुर बाराबाट ना२ह ३०८ नम्बरको अटोमा सवार भई मनवातर्फ जाँदै गरेका चार जनालाई शङ्का लागेर आज बिहान जाँच […]
यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् । प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका छ […]