समाज

विद्यालय भवन हस्तान्तरण

विद्यालय भवन हस्तान्तरण

समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ । आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उहाँहरुले हस्तान्तरण गर्नुभएकोे हो । विसं २००६ मा भाषा पाठशालाका […]

  • २ years अगाडि
मुठीदानद्वारा स्थापना  भएको विद्यालय अहिले नमुना

मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

कुनै समय खोला बग्थ्यो । विद्यालयका लागि जग्गा थिएन । त्यही खोलालाई सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, त्यहाँका बासिन्दाको । यसपछि जन्म भयो–तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय । विसं २०५८ मा चन्दा सङ्कलन गरेर विद्यालय निर्माण गरियो । त्यो भवन पनि हावाले उडाएर भत्कियो । तर पनि त्यहाँका बासिन्दाले हिम्मत […]

  • २ years अगाडि
सहकारीलाई बलियो बनाउन ‘मर्जर’मा जानुपर्छ : प्रमुख कोइराला

सहकारीलाई बलियो बनाउन ‘मर्जर’मा जानुपर्छ : प्रमुख कोइराला

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताउनुभएको छ । महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले ‘मर्जर’मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिनुभयो । “यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारी पनि छन्,” उहाँले भन्नुभयो, “केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ ।” ‘मर्जर’मा गएमा […]

  • २ years अगाडि
बढ्यो दूधको मूल्य

बढ्यो दूधको मूल्य

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको राससलाई जानकारी दिनुभयो । यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको […]

  • २ years अगाडि
खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

काठमाडौ ।नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो । लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उहाँले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिनुभएको […]

  • २ years अगाडि
महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता

महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता

कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गर्नुभएको सो प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले विजयी […]

  • २ years अगाडि
कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिनुभयो । कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उहाँले बताउनुभयो […]

  • २ years अगाडि
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ […]

  • २ years अगाडि
चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण

काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने एक सय २५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सम्पन्न भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अझै एक सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान […]

  • २ years अगाडि
बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ

बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ

जङ्गली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् । अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन थालेका छन् । तमोर […]

  • २ years अगाडि
इलाममा कोरोनाविरुद्धको बुस्टर खोप

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप

सरकारको नियमित कार्यक्रमअन्तर्गत देशैभर कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप इलाममा चैत्त ३ गतेबाट दिइने भएको हो । चैत ३ गतेदेखि चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत यो खोप दिइने भएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार यो […]

  • २ years अगाडि
पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ । अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा अब्बल सावित भएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित अस्पताल […]

  • २ years अगाडि

लोकप्रिये