ताप्लेजुङ सदरमुकाम फुङलिङमा अग्नि नियन्त्रणका लागि प्रयोग हुने फायर होज पाइप र उपकरणको प्रयोगसम्बन्धी अभ्यास गरिएको छ । फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि पम्पसहितको पाइप खरिद गरेर आज यसको परीक्षणसहित प्रयोग गर्ने अभ्यास गराएको हो । अभ्यासमा सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी र स्थानीयवासी सहभागी थिए । अभ्यासका क्रममा फुङलिङको वीरेन्द्र चौकस्थित पोखरीको पानी […]
हस्तकला सिकेका महिला स्वरोजगार बन्न थालेका छन् । पोखरास्थित महिला सीप विकास संस्थाले उनीहरुलाई सीप र आयआर्जनको बाटो देखाएको हो । विसं २०३२ मा स्थापित उक्त संस्थाले हालसम्म २१ हजार बढी महिलालाई हस्तकला सीप प्रदान गरेको छ । तीमध्ये तीनसय ५० उद्यमी महिला संस्थामा जोडिएका छन् । उनीहरु आफ्नै सीप चलाएर नियमित कमाइ गर्छन् । […]
कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित बजारीकरणमा सहयोग गर्ने भएको हो । पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । “कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री वितरण नहुँदा पहिचानसमेत हुन सकेको […]
गलेश्वर, २६ फागुन (रासस)ः हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए । “वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एकदशक बित्न नपाउँदै सिमल सखाप […]
सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले किसानका घरै पुगी आलु खरिद गरेपछि बजारीकरणमा सहज भएको हो । सडक सञ्जाल जोडिनुपूर्व यहाँका महिला पैदलयात्राबाट जुम्ला सदरमुकाम खलङ्गा पुगेर धानसँग आलु साट्ने गर्दथे । तर अहिले भने […]
बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर १, २ र ३ बाट कामको सुरुआत गरेको उहाँको भनाइ छ । यी वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र […]
बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो । पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा […]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट बिहीबार रातिदेखि विभिन्न चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो । काठमाडौँ, भद्रपुर, भैरहवा र […]
झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आउनुभएको छ । आगजनी नियन्त्रणमा खटिँदै आउनुभएका उहाँ चालकको कामका साथै अग्नी नियन्त्रकका रुपमा समेत खटिदै आउनुपर्ने बाध्यता छ । उहाँ भन्नुहुन्छ “अग्नी नियन्त्रकका रुपमा काम गर्दै आएको छु । तर सेवासुविधा […]
गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा […]
हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएकोे छ । गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुुन बिक्री–वितरण गरिएकोे हो ।सबै वडामा एक हजार एक सय ९७ क्विन्टल नुुन ढुवानी गरेर बिक्री गरिएकामा वडा नं १ मा तीन सय ५० क्विन्टल, २ मा दुई सय ५२ क्विन्टल, […]
नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ । विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने सात जनालाई नियन्त्रणमा […]