तुलसीपुर उपमहानगरपालिकाले आफ्नो नाममा रहेको जग्गा खोजी गरेको छ । केही समयअघि सूचना प्रकाशन गरेर आफ्नो नाममा भएको जग्गामा बनेका घर हटाउने जानकारी गराइएको र त्यसका लागि जग्गाको विस्तृत विवरण तयार गर्न अध्ययन गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो । “हामीले जग्गा खोजी गर्न अध्ययन पूरा गरेका छौँ”,उहाँले भन्नुभयो, “अबको केही समयमा प्रतिवेदन आउछ, त्यो […]
तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ । गाउँघरतीर मेलापात, घाँस, दाउरा, गोठालो गर्दा थकाइ मार्ने र गर्मी समयमा शीतलता लिने चौतारा पछिल्लो समय नासिँदै जान थालेपछि संरक्षण गर्न जुटेका हुन् । विकास निर्माणका क्रममा बाटो र सडक छेउमा रहेका चौतारा ढालिने हुँदा यस्ता सम्पदाको अस्तित्व […]
गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिनुभयो । दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलिङ्ग, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर […]
यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिनुभयो । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका […]
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार बेनीमा आयोजित कार्यक्रमका वक्ताले पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले म्याग्दीका सम्भावनालाईसमेत उजागर गर्नुपर्ने बताए । एक सय १३औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) पोखराको टोली बुधबार म्याग्दीको […]
सडक दुर्घटनामा परेर राष्ट्रिय समाचार समिति (रासस) का पूर्वसमाचारदाता पवनलाल श्रेष्ठको निधन भएको छ । उहाँको गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट ज्यान गएको हो । उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ । गए राति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको […]
कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले अतिक्रमण रोक्ने काम वन […]
राँझा, २४ फागुन (रासस) : बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका वुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगञ्जको रामवाग र आसपासको क्षेत्रमा पुग्नु हुन्छ । नेपालगञ्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो । आज एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि उहाँ साथीहरुसँगै कामको खोजीमा हुनुहुन्थ्यो । “दिवस त ठूला मान्छेका लागि […]
देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा […]
नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको हो । प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पा¥यो । […]
मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले […]
सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले आफ्नो काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिनेछ । राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति तथा विभिन्न क्षेत्रगत विधालाई समेट्ने गरी आठ उपसमितिसमेत बनाइएको अर्थ मन्त्रालयका सहसचिव एवं राजस्व […]