समाज

जनकपुर–जयनगर रेल बीमाबिना सञ्चालनमा

जनकपुर–जयनगर रेल बीमाबिना सञ्चालनमा

जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई […]

  • २ years अगाडि
डम्फू र मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै

डम्फू र मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै

होरी’ (फागु) पर्व आउन दुई दिन मात्रै छ । तर विगतका वर्षहरुमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ । मिथिलामा फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय एवं डम्फू र मृदङ्गको तालमा जम्ने जोगिराको दलान देखिन छाडेको छ । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) अब महोत्तरीसहितका मिथिलामा […]

  • २ years अगाडि
सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला

सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला

पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका जिल्लाका […]

  • २ years अगाडि
यार्सागुम्बा पाइने पाटनबाट फोहर सङ्कलन

यार्सागुम्बा पाइने पाटनबाट फोहर सङ्कलन

यार्सागुम्बा पाइने डोल्पाका पाटनबाट फोहर सङ्कलन गरिएको छ । डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकामा पर्ने एक दर्जन पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहर सङ्कलन गरिएको हो । यार्सागुम्बा सङ्कलन सुरु भएदेखि प्लास्टिक, सिसा, कपडा र पेय पदार्थका बोतलको फोहरले उच्च हिमाली पाटन भरिएका थिए । यस क्षेत्रमा यार्सागुम्बा पाइने करिब एक हजार पाटन छन् […]

  • २ years अगाडि
बुटवलबाट दुई केबलकार सञ्चालनको तयारी

बुटवलबाट दुई केबलकार सञ्चालनको तयारी

पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न थालिएको हो । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर र वडा नं २ को नुवाकोटगढी जोड्न तिनाउ नदीको वारिपारी बेस स्टेशन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार […]

  • २ years अगाडि
साकेलामा निर्माणाधीन आधारभूत अस्पतालको भवन गुणस्तरहीन

साकेलामा निर्माणाधीन आधारभूत अस्पतालको भवन गुणस्तरहीन

साकेला गाउँपालिका–२ रतन्छामा निर्माणाधीन पाँच श्ययाको आधारभूत अस्पतालको भवन गुणस्तरहीन बनेको पाइएको छ । खानी निर्माण सेवाले ठेक्का लिएको निर्माणाधीन अस्पताल भवनको भुइँ तलाको बिम बाङ्गो बनाइएको र गुणस्तरहीन काम गरेको पाइएको हो । तेस्रो बिमको ढलानमा गिट्टी, बालुवा मिलाएर नहाल्दा प्वाल बन्नुका साथै रड बाहिरै निस्किएको देखिएको छ । निर्माणाधीन अस्पताल भवन अनुगमनका क्रममा […]

  • २ years अगाडि
खेलाडीलाई जीवन निर्वाह गर्न मुस्किल

खेलाडीलाई जीवन निर्वाह गर्न मुस्किल

सुदुरपश्चिमका लागि भलिबलका खेलाडी महेश खत्रीको नाम नौलो होइन । यहाँ हुने जुनसुकै भलिबल प्रतियोगितामा पनि उहाँको नाम चर्चामा आउँछ । दुईवर्ष सुदूरपश्चिम भलिबल टोलीमा कप्तानको भूमिका निर्वाह गरिसक्नु भएका महेश अहिले आफ्नो भविष्यप्रति चिन्तित हुनुहुन्छ । खेलाडीलाई राज्यबाट गरिने संरक्षणमा कुनै सहयोग नहुँदा भविष्य अन्योलमा रहेको उहाँ बताउनुहुन्छ । “चौध वर्षको उमेरदेखि भलिबल खेल […]

  • २ years अगाडि
मौलिकता गुमाउँदै होली

मौलिकता गुमाउँदै होली

हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ । विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका गाथालगायत सामाजिक तथा प्राकृतिक विषयवस्ुतमा आधारित गाथा प्रस्तुति […]

  • २ years अगाडि
तनहुँका १७ विद्यालयमा अक्षयकोष

तनहुँका १७ विद्यालयमा अक्षयकोष

विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई शैक्षिक पहुँचमा पु¥याउने उद्देश्यले तनहुँका विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सदरमुकामस्थित दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । क्लबले प्रत्येक विद्यालयमा रु एक लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको हो । संस्थाले ती विद्यालयमा रु एक लाख पाँच हजार बराबरको अक्षयकोष स्थापना गरेको […]

  • २ years अगाडि
नेपाली मोडलको पर्यटन आवश्यक: पर्यटनमन्त्री किराती

नेपाली मोडलको पर्यटन आवश्यक: पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना गरेको ‘धरान एक्स्पो–२०७९’ समापन समारोहमा मन्त्री किरातीले […]

  • २ years अगाडि
नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ । […]

  • २ years अगाडि
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा भैरवकुण्ड

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा भैरवकुण्ड

यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ । भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका मनले […]

  • २ years अगाडि

लोकप्रिये