कुनै समय वडा कार्यालय जनप्रतिनिधिविहीन थिए । जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले वडा चलाउनुपर्ने अवस्था थियो तर अहिले वडावडामा निर्वाचित जनप्रतिनिधि आएपछि सेवाग्राहीमैत्री निर्णय गर्न थालिएको छ । त्यसकै एउटा उदाहरण हो, तुलसीपुर–११ । सेवाग्रही वडा कार्यालयमा आइपुग्दा धेरै प्रक्रिया पुगेको हुँदैन । कसैको निवेदन मिलेको हुँदैन, कसैको कागजात पुगेको हुँदैन । यही कारणले एक दिनमा हुने […]
कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन् । पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ । स्थानीयवासीले कान्द्रालगायतका नदी तर्दा पैसा तिर्नुपर्छ । “दैनिक कामका लागि नगरपालिका आउँदा रू ३० तिरेर नदी तर्नुपर्छ । महिनामा रू नौ सय नदी तरेको मात्रै तिर्नुपरेको छ”, […]
नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर बस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र […]
गण्डकी, १९ फागुन (रासस)ः प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पु¥याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने अझै अधुरा छन् । आफ्नै […]
चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना […]
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला रू एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई […]
अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् । समूहमा ३० […]
झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अग्निपीडित आफ्ना दुई सदस्यलाई आर्थिक सहयोग गरेको छ । गत माघ १ गते आगजनीबाट पसलमा क्षति पुगेका दमक–६ नमूना मार्गका सङ्गीता श्रेष्ठ र सविता श्रेष्ठलाई जनही रु ५० हजार सहयोग प्रदान गरिएको संस्थाका सहव्यवस्थापक चन्द्र थापाले जानकारी दिनुभयो । यस्तै आफ्ना सदस्यका परिवारबाट माध्यमिक तहमा […]
जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तक्र्रिया गरिने भएको छ । संस्थाले यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, […]
पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टे सूचना जारी गरेको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको सूचना दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका […]
पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होम–स्टे (घरबास) मा पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाका गाउँगाउँमा होम–स्टे सञ्चालनमा छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को समयमा ठप्प बनेका अधिकांश होम–स्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले बताएका छन् । गण्डकी प्रदेशकै अग्रणी होम–स्टे सेवा दिँदै आएको मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक होम–स्टेमा आउने पाहुनाको […]
बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय हालसम्म पुनःस्थापना गर्न सकिएको छैन । सातवटै छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका हुन् । ती नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट […]