सर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी आवश्यक पर्छ । तर यहाँ दरबन्दीमा कार्यरत शिक्षकको सङ्ख्या दुई हजार तीन सय ८८ मात्र छ । जिल्लामा दरबन्दीअनुसार अझै दुई हजार नौ सय ३९ शिक्षक आवश्यक भएको […]
म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ । संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका १८ […]
लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिनुभयो । “गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ हुन्, मानवबस्ती र सडक सञ्जालभन्दा टाढा […]
जोगिरा सररर, जोगिरा सररर ।’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ हाँ मिथिलामे राम खेलैय होली, मिथिलामे ।‘किनका के सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोलि । मिथिलामे ?’ ‘सीताजीके सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोलि । हो मिथिलामे, मिथिलामे राम खेलैय होली, मिथिलामे ।’ ‘जोगिरा सररर, जोगिरा […]
गोकर्णेश्वर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क योग शिविर सुरु गरेको छ ।नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र नारायणटार जोरपाटीमा नगरस्तरीय योग शिविर सुरु गरिएको हो । पतञ्जलि योग समिति नेपालको सहयोगमा सुरु भएको निःशुल्क योग शिविरमा केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिका साथै स्थानीयवासीको पनि सहभागिता छ । योग शिविरको शुभारम्भ गर्नुहुँदै गोकर्णेश्वर नगर प्रमुख […]
झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको रू पाँच करोड ५० लाख सात हजार सात सय ६० लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिनुभयो । नगरपालिकाले […]
गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गर्नुभएकी शिक्षिका […]
थानकोट–चित्लाङ सडकखण्डमा आजदेखि यातायातका साधन सञ्चालनमा आएका छन् । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द गर्नुपरेको थियो । काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काठमाडौँबाट कान्तिलोपथ हुँदै हेटौँडातर्फको यातायात सञ्चालनमा ल्याइएको थियो […]
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो । मुग्लिन पोखरा सडकखण्डको विस्तार कार्यअन्तर्गत उक्त खण्डमा सुरक्षितरुपमा काम गर्नका लागि आज राति १२ बजेदेखि बिहान ४ […]
गण्डकी, १८ फागुन (रासस) : दश जनाको दरबन्दी रहेको तनहुँको पर्यटन तथा उद्योग कार्यालयमा चार कर्मचारी कार्यरत छन् । अधिकृत अविनाश कुँवर कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । एकजना सहायक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी करारका छन् । प्रशासन, लेखा र प्राविधिक फाँटमा कर्मचारी छैनन् । जिल्ला तहबाटै पर्यटन हेर्ने गरी प्रदेश सरकारले संरचना स्थापित […]
म्याग्दी, १८ फागुन (रासस) ः बेनीको बजार जता माया उतै छ नजर किरमिरे जाली रुमाल । टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले विसं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर […]
पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाँकेमा दुई देशका नागरिकको आवतजावत अत्यधिक हुने गर्दछ । तर भीडभाड हुने बजारका विभिन्न चोक तथा […]