भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् । भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV5566 नम्बरको […]
पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ […]
हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ जनालाई आज पर्साको पोखरीयाबाट पक्राउ गरिएको छ । चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा आठै जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर, सोही गाउँपालिका सखुवनियका शम्भु महतो थारु, […]
मौसममा सुधार आउन थालेपछि सर्लाहीको बागमती नदी किनारमा नवनिर्मित भरततालमा चहलपहल बढेको छ । रातमा कुहिरो, दिनमा शीतलहरका साथै खोला किनारको चिसो सिरेटोका कारण घटेको चहलपहल अहिले बढेको हो । भरततालस्थित बोट व्यवसायी सङ्घका सदस्य रामकाजी थापाले मौसम अनुकूल भएपछि रमाउन आउने बाह्य तथा आन्तरिक आगन्तुकको सङ्ख्या वृद्धि भएको बताउनुभयो । उहाँले अहिले सरदर चार […]
खोटाङ, १७ फागुन (रासस) : सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाका लागि दूधकोसीको पानी पम्पिङ गरेर घरघरमा वितरण गर्नेगरी सुरु गरिएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त आयोजनाको काम ८६ […]
हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौँमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरद्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमका साथै विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सहकार्यमा मार्ट आयोजना गर्न लागिएको पाटा नेपालले जनाएको छ […]
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कामय भएको हो । नेप्से परिसूचक करिब दुई महिनापछि दुई हजारको अङ्क भन्दा तल झरेको हो । आज दुई सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार नौ […]
अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ […]
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ । ब्यूरोले आज यहाँ पत्रकार सम्मेलन गरी आरोपित शाह र उनका सहयोगीहरुमाथिको अनुसन्धान सकिएको जानकारी दियो । शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी […]
पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा एक दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्रका विभिन्न कृषक समूहबाट आआफ्ना कृषिजन्य उत्पादन प्रदर्शनमा राखेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । कृषिप्रति सर्वसाधारणलाई आकर्षित गराउन मेला आयोजना गरिएको उल्लेख गर्दै उहाँले वडाभित्र बाँझा जग्गामा खेती […]
बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पङ्खा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो । उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आरनका साधन […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले निर्माणाधीन नयाँ टर्मिनल भवनको विषयमा जानकारी लिँदै सो टर्मिनल भवन समयमा नै सक्न निर्देशन दिनुभयो । सन् २०१७ मा निर्माण भएको गुरुयोजनाका आधारमा नेपालगञ्जमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण थालिएको छ । रु तीन अर्ब लागतमा निर्माण हुन लागेको […]