निर्माण सुरु भएको चार वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’मा निर्माण भइरहेको स्मार्ट सिटी अन्तर्गतको सडक निर्माण सुरु भएको चार वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीय खुसी भएका हुन् । स्थानीय व्यापारी हिक्मत विश्वकर्माले सडक कालोपत्र हुन थालेपछि धुलो र हिलोको सास्ती कम हुने विश्वास व्यक्त […]
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख ५० हजार रहेको छ । काइँलालाई एक लाख र पराजुलीलाई ५० हजार रुपैँया पुरस्कार राशिसहित सम्मान गर्न लागिएको फाउन्डेसनले जनाएको छ । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर […]
शिवालय गाउँपालिकामा १० शश्याको अस्पताल निर्माण अन्तिमचरणमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र रु नौ करोड ९२ लाखको लागतमा निर्माण गरिएको उक्त अस्पताल आर्थिक वर्ष २०७९÷८० को असार मसान्तभित्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रमा पर्नेगरी वडा नं ३ मा निर्माण भइरहेको यो अस्पताल […]
पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाउनुभएको १० वर्षभन्दा बढी भयो । उहाँले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाड्नुभएको छैन । पैसा तिरेर धारामा आएको पानीले उहाँलाई पुग्दैन् । “घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्”, उहाँले भन्नुभयो, “मोटर नै लगाएर […]
‘भूतपूर्व सैनिक सङ्घको अभिलाषा, सेनाप्रति समर्पण र भरोसा’ भन्ने आदर्श वाक्यका साथ नेपाली सेना भूपूसैनिक सम्मेलन घोराहीस्थित रणसिंह दल गणमा आजखेखि सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभएको सम्मेलनमा पूर्वी र पश्चिम रुकुम, रोल्पा, सल्यान, प्यूठान र दाङ जिल्लाका एक हजार तीन सय ५० अवकाश प्राप्त सेना सहभागी रहेको नेपाली सेना जनसम्पर्क निर्देशनालयका […]
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनाका साथै […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री दाहालले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको […]
सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गर्नुभयो । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ । कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको […]
पचास वर्षअघि नै मूर्ति चोरी भएपछि जीर्ण बनेको पशुपति क्षेत्रको ब्रह्माको मन्दिर पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रको जयवागेश्वरीमा रहेको मन्दिर काठमाडौँ महानगरपालिकाबाट प्राप्त रु ४० लाखको लागतमा पुनःनिर्माण भइरहेको हो । चोरी भएको मूर्ति भेटेर गौशालास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले राससलाई जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माण सकिएपछि मूर्तिलाई मन्दिरमा […]
काठमाडौँ, १६ फागुन (रासस): नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो […]
बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति […]
मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख […]