सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ । कार्यालयका अनुसार मुख्य व्यक्ति सैलेन्द्रकुमार कुरुम्वाङ रहेको विराटनगरस्थित एसएएस कन्स्ट्रक्सन प्रालिलाई तीन […]
गोरखामा नमुना परीक्षण गरिएका कृषियोग्य जमिनको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले जिल्लाको विभिन्न तीन स्थानीय तहमा गरेको माटो परीक्षणका क्रममा परीक्षण गरिएकामध्ये ५४ दशमलव २२ प्रतिशत स्थानको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । केन्द्रले भीमसेन थापा गाउँपालिकामा मोबाइल भ्यानसहितको उपकरणबाट र गोरखा […]
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय […]
जाजरकोट, ७ वैशाख (रासस) ः भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । मृतकको ठेगाना खुलेको छैन ।
नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद […]
बैतडीका सबै विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा आवश्यक ६८ हजार पाठ्यपुस्तक यहाँ आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो । बैतडीमा पाँच सय ६२ विद्यालयमा कक्षा १ देखि १० सम्म आवश्यक सबै ६८ हजार पाठ्यपुस्तक आइपुगेको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला पुगेका पाठ्यपुस्तक ढुवानी जारी […]
म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ ९राज नाग० भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका चक्रबहादुर केसीले बताउनुभयो । विगत नौ वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर तह उत्र्तीण […]
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आमाबुवालाई भगवान्को स्वरुपको रूपमा लिइएमानिने सो स्थानमा आज आमाको मुख हेर्ने दिन भक्तजनको घुँइचो लागेको हो । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएको लोहारपट्टी नगरपालिकाको वडा नं १ बगडामा अवस्थित रामायणकालीन […]
नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराँैदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पक्राउपर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान कुमाल, […]
भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले रु पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका […]
वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ […]
झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो । सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मेसिन जडान […]