समाज

रास्वपा सभापति लामिछानेका चालक घाइते अवस्थामा फेला

रास्वपा सभापति लामिछानेका चालक घाइते अवस्थामा फेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक घाइते अवस्थामा फेला पर्नुभएको छ । उहाँ आज बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर घाईते हुनु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेको समयमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भएका ३९ वर्षिय शम्भु […]

  • २ years अगाडि
कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो । कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर […]

  • २ years अगाडि
सेनाको  हिमाल सफाइ टोली अन्नपूर्णमा

सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा

हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम् हिमाल आरोहण गर्न सफल भएको छ । सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले आज बिहान ८ः ५५ मिनेटमा आठ हजार ९१ मिटरको विश्वको दशौँ अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । टोलीमा प्यूठ् मानसिंह चौधरी, सिपाही नवराज […]

  • २ years अगाडि
वक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

वक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो

रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुलवापत रु आठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ । “पटक–पटक ताकेता गर्दा […]

  • २ years अगाडि
सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ । गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिलाले उक्त सुविधाबाट वञ्चित भएका हुन् । अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू सुत्केरी भएको दुुई […]

  • २ years अगाडि
वैशाखभर भर्ना अभियान सञ्चालन

वैशाखभर भर्ना अभियान सञ्चालन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले […]

  • २ years अगाडि
तनहुँमा भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक

तनहुँमा भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक

यस वर्षको शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा अधिकांश पाठ्यपुस्तक आइपुगेको छ शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । जिल्लाका दश स्थानीय तहमा रहेका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तकमध्ये अधिकांश पुस्तक आइपुगेको इकाईको भनाइ छ । भर्ना अभियान सुरु हुनुपूर्व नै जिल्लाका पुस्तक व्यवसायीले पाठ्यपुस्तक ल्याएको समन्वय इकाई प्रमुख वसन्तराज पौडेलले जानकारी दिनुभयो । […]

  • २ years अगाडि
दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशङ्का

दोगडाकेदारमा हत्या प्रकरणः स्थानीय युवक नै संलग्न रहेको आशङ्का

बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ । जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो । उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । […]

  • २ years अगाडि
सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन ः अध्यक्ष लिङ्देन

सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन ः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाउनुभएको छ । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्रै उल्लेख गरेको छ भन्नुभयो । विधेयकले विद्रोही पक्षलाई मात्र उन्मुक्ति दिन खोजेको र द्वन्द्वको चपेटामा परेका […]

  • २ years अगाडि
भर्नासँगै हात–हातमा पाठ्यपुस्तक

भर्नासँगै हात–हातमा पाठ्यपुस्तक

बझाङ, ४ वैशाख (रासस) ः अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो । विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए । गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो । पाठ्यपुस्तकको अभावले विद्यार्थीको सङ्ख्या पनि घट्यो । भर्ना सङ्ख्या र कक्षा हाजिरी हेर्दा विद्यार्थीको उपस्थिति निकै कम देखियो । जनप्रतिनिधिदेखि […]

  • २ years अगाडि
आलु महोत्सवमा रु पाँच करोडको आलु बिक्री

आलु महोत्सवमा रु पाँच करोडको आलु बिक्री

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको […]

  • २ years अगाडि
प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने

प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने

पोखरा महानगरपालिकाले महानगरभित्रको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सार्वजानिक गरेको छ । नगर कार्यपालिका बैठकले शिक्षाको सुधार र व्यवस्थापनका लागि १७ बुँदे कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो । यसका लागि महानगरको शिक्षा समिति तथा शिक्षा परिषद्को सिफारिस तथा अन्य सम्बद्ध निकायको अन्तक्र्रियाबाट प्राप्त सुझावलाई मध्यनजर कार्यक्रम स्वीकृत गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो […]

  • २ years अगाडि

लोकप्रिये