समाज

बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो

बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो

मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए । बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए । परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा […]

  • २ years अगाडि
बर्खा नलाग्दै पहिराको चिन्ता

बर्खा नलाग्दै पहिराको चिन्ता

आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरहरूमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो […]

  • २ years अगाडि
ट्राफिक व्यवस्थापनमा चुनौती

ट्राफिक व्यवस्थापनमा चुनौती

बाँके जिल्लामा ट्राफिक प्रहरीमा ६८ जना प्रहरी छन् । जिल्लामा पक्की र कच्ची गरी छ सय १० किलोमिटर सडक छ । एउटा ट्राफिकलाई नौ किलोमिटरसम्मको क्षेत्र हेर्नुपर्ने अवस्था छ । सवारीसाधनको चाप दैनिक बढिरहेको छ । जिल्लाका १९ ठाउँ दुर्घटनाका हिसाबले असाध्यै जोखिमपूर्ण छन् । जिल्लामा भएका दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी टिपर, […]

  • २ years अगाडि
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो

पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो

पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिनुभयो । “पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ”, उहाँले भन्नुभयो । दूषित […]

  • २ years अगाडि
बैतडीमा जिप दुर्घटना : बझाङका एकैगाउँका छजनाको मृत्यु

बैतडीमा जिप दुर्घटना : बझाङका एकैगाउँका छजनाको मृत्यु

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ […]

  • २ years अगाडि
रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष  गोल्यान

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान

बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताउनुभएको छ । सिबिफिनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्था डराइरहेको उल्लेख गर्नुभयो । “अहिले बैंक तथा […]

  • २ years अगाडि
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ ः ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घट्नामा […]

  • २ years अगाडि
कोरोना संक्रमित एकको मृत्यु

कोरोना संक्रमित एकको मृत्यु

कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या […]

  • २ years अगाडि
नेप्से परिसूचक २७ अङ्कले बढ्यो

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

मङ्गलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अंकमा कायम भएको हो । आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा […]

  • २ years अगाडि
फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा बढी […]

  • २ years अगाडि
आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी […]

  • २ years अगाडि
विधेयक र नियमावली स्वीकृत गर्ने

विधेयक र नियमावली स्वीकृत गर्ने

बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत तथा प्रदेशसभामा पेस गर्ने स्वीकृतिको निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी […]

  • २ years अगाडि

लोकप्रिये