कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले जानकारी दिनुभयो । भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान […]
दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिनुभएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो । सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप […]
कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालालाई ‘लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनवुमन र स्याक नेपालको प्राविधिक सहयोगमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा तालिम सम्पन्न भएको हो । तालिममा सीमान्तकृत, विपन्न, पिछडिएका वर्गलाई पनि […]
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा उहाँले व्यक्तिव्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताउनुभयो । परिस्कृत बन्न सङ्गठित हुनु […]
टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गर्नुभएको हो । नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलि÷रालुकादेवी निर्माण कम्पनीले करिब रु चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ । […]
साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित ‘विराटनगरका कवि र कविता’ कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित कृतिमा १९५३ सालदेखि २०४९ सम्म जन्मिएका विराटनगरका एक सय ८३ कविका कविता समावेश गरिएका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार कविराज न्यौपानेले उक्त कृतिले विराटनगरको साहित्यिक इतिहासलाई अझ उजेल्न सघाउ पु¥याउने बताउनुभयो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष […]
गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् […]
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ । सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । जिल्लामा मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ मा विषादी छर्किन लागिएको हो । “मध्यम जोखिम भएका क्षेत्रका झुल […]
गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक रु एक हजारका दरले भत्ता बितरण गरिएको हो । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा प्रवक्ता पार्वती […]
जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताउनुभयो । “दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य संस्था जानु भएको रहेछ । तर सुत्केरी हुन स्वास्थ्य संस्था जाउँ भन्दा नमानेर घरमै सुत्केरी […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशको नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जनताले माग एवं अधिकार प्राप्त गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनुपर्ने विचार राख्नुभयो । मन्त्री राईले भन्नुभयो, “लोकतन्त्रमा सरकारले गर्ने निर्णयप्रति सबैले शिरोधार्य गरेर हिँड्नुपर्छ भन्ने हुँदैन ।” […]
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँबायाँ २५÷२५ मिटरको हो । सडकको छेउछाउमा संरचना बनाउन स्थानीय तहले मापदण्ड हेरेर मात्रै निर्माण अनुमती दिने गरे पनि यहाँस्थित नेपाली सेनाको श्रीमेयर गणले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग मिचिरे पक्की संरचना बनाइरहेको छ । स्थानीय तहलाई खबरै नगरी मध्यपहाडी लोकमार्ग आगोजना कार्यालयको […]