समाज

बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ […]

  • २ years अगाडि
पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । पुलमा बिछ्याइएका फलामका डेक उप्कने नटबोल्ट खुकुलो हुने र कुनै कुनै ठाउँमा त नटबोल्ट नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । झोलुङ्गे […]

  • २ years अगाडि
नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गर्नुभयो । शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ […]

  • २ years अगाडि
हलेसीमा रामनवमी मेला

हलेसीमा रामनवमी मेला

रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो । हप्ता दिनअघिदेखि सुरु भएको उक्त मेला भर्नका लागि नेपाल बाहेक छिमेकी भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजन हलेसी आएका छन् । मध्यपहाडी लोकमार्ग कालोपत्र गरिएपछि अधिकांश […]

  • २ years अगाडि
सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै

सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै

दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रु १२ र निकासी कर प्रतिकिलो रु १२ […]

  • २ years अगाडि
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा […]

  • २ years अगाडि
गहुँ खेतीमा रगिन गरिँदै

गहुँ खेतीमा रगिन गरिँदै

कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहँु बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि […]

  • २ years अगाडि
हराउँदै चैते दसैँको मौलिकता

हराउँदै चैते दसैँको मौलिकता

गलकोट, १६ चैत (रासस) : यो पैसो कैलेलाई, चैते दसैँलाई त्यो पनि मागे दिन्न कसैलाई चैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गीत । एक दशकअघिसम्म परम्परागत चैते दसैँको छुट्टै रौनकता थियो । लोक गायक टीका क्षत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने […]

  • २ years अगाडि
मेलामाथि निर्भर ब्रह्मदेव बजार

मेलामाथि निर्भर ब्रह्मदेव बजार

कुनैबेला मालसामान किन्नेको भीड लाग्ने कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार अहिले पूर्णागिरिमा लाग्ने मेलामा आश्रीत छ । भारतको उत्तराखण्डस्थित पूर्णागिरि माताको दर्शन गरेपछि कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने हुन्छ । पूर्णागिरि दर्शन गर्न आउने हरेक दर्शनार्थी बह्मदेव बजार पुग्छन । फागु पूर्णिमादेखि असार पूर्णिमासम्म तीन महिना लाग्ने पूर्णागिरि मेलाको समय यहाँका एउटै व्यापारीले […]

  • २ years अगाडि
पर्यटकको रोजाइ बन्दै पटिहानी

पर्यटकको रोजाइ बन्दै पटिहानी

वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन् । सौराहाजस्तै पछिल्लो […]

  • २ years अगाडि
राहदानी विभागको टोली पोर्चुगलमा

राहदानी विभागको टोली पोर्चुगलमा

युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, […]

  • २ years अगाडि
विन्ध्यवासिनीमा भक्तजनको घुइँचो

विन्ध्यवासिनीमा भक्तजनको घुइँचो

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । मन्दिर दर्शन र पूजाआजाका लागि श्रद्धालुभक्तजन बिहान ४ बजेदेखि लामबद्ध थिए । मन्दिरमा पूजाका लागि नेपालीका साथै भारतबाटसमेत भक्तजन सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा लाइनमा बस्न नसक्नेहरुले बाहिरबाटै दर्शन तथा टीका ग्रहण गरिरहेका […]

  • २ years अगाडि

लोकप्रिये