मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन गर्दै […]
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी मिटर ब्याज पीडितमाथि गरिएको शोषणविरुद्ध केन्द्र, नेपाल राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्तरुपमा काम गर्न एक विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको बताउनुभयो […]
पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो । विकास कोषको सूचनामा भनिएको छ, “प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ […]
जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्लाअध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो […]
तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीन भन्दा कम रहेको पाइएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिइएको छ । उपमहानगरपालिकाका विभिन्न स्थानको करिब सात सय ५० नमूनाको परीक्षण गर्दा माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेको पाइएको हो । तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले तुलसीपुरका माटोको अम्लियपन छ […]
मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताउनुभयो […]
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मङ्गलबार अनुगमनका क्रममा सो अनुसारको सेवा उपलब्ध नगराएको पाएपछि उक्त निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेका अनुसार अनुगमनको क्रममा निजी स्वास्थ्य संस्था एकीकृत अनुगमन […]
काठमाडौँको बौद्धमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानको आयोजनामा मङ्गलबारदेखि बौद्धको तारागाउँ सङ्ग्रहालयमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको हो । उक्त कला प्रदर्शनीको भारतीय राजदूतावास, काठमाडौँका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले कला प्रदर्शनीले नेपाल भारतबीचको सम्बन्धलाई थप मजबुद बनाउने […]
मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नम्रिएको गुनासो लिएर आउने गरेको बताउनुभयो […]
चैतेदशैँको अवसरमा बैतडीका धार्मिक तथा पर्यटकीयस्थल आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँका शक्तिपीठमा बलिसहित विषेश पूजाआजा हुने गरेकोले बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । यहाँको प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती मन्दिरमा पशु बलिसहित पूजाआजा भइरहेको छ । यस्तै डिलाशैनी, कफलाशैनी सिगास, महारुद्र, अनिरुद्र, शिवनाथ, दोगडाकेदार, वासुलिङ, भूमिराजलगायतका मन्दिरमासमेत जात्रा […]
काठमाडौँ, १५ चैत (रासस) : कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो । भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य उत्पादनको आयात आवश्यक थिएन । तर पछिल्लो समय कृषि प्रधान देश नेपालमा कृषिजन्य उत्पादन घट्दो र आयात बढ्दो अवस्थामा गएको देखिन्छ । फलस्वरुप हाम्रो […]
कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक […]