सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार […]
गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ । मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । अभियानको नेतृत्व सामनाका अध्यक्ष […]
जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको […]
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ । बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा […]
सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि […]
बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिनुभयो । रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर […]
पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना (आइपीएम)ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्याङ्क सार्वजनिक गरेका छन् । पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका तरकारी परीक्षणसम्बन्धी […]
कुश्मा नगरपालिका–१२ बाटुलेचौर स्थित कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको सो मन्दिर परिसरमा चैत्राष्टमीका अवसरमा मेला लागेको हो । चैतेदशैँ मेलालाई वडा कार्यालयले पुनःजागरण गर्दै यस वर्षदेखि पुनः सुरुआत गरेको हो । चैतेदशैँ अवधिभर मन्दिरमा पूजाआजा, बलि दिने, भजनकीर्तनलगायतका कार्यक्रम सुरु भएको वडाध्यक्ष झलक रिमालले जानकारी दिनुभयो […]
काठमाडौं । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ । पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा […]
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ र टेलिभिजन प्रसारक सङ्घले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । मधेस प्रदेश सरकारका सञ्चारसम्बद्ध निकायलाई पूर्णरूपमा स्वायत र अधिकारसम्पन्न बनाउनुपर्ने, विपद्बाट आइपर्ने समस्यासँग जुध्न प्रदेश सरकारले सञ्चारमाध्यमका लागि छुट्टै विपद् व्यवस्थापन कोषको स्थापना गर्नुपर्नेलगायतका मागसहित संयुक्तरूपमा प्रदेश सरकारका मुख्यमन्त्री, अर्थमन्त्री र गृह तथा सञ्चारमन्त्रीलाई […]
स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् । कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताउनुभयो । उहाँले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय […]
मुस्ताङमा गुणस्तर परीक्षणका लागि पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो । सङ्कलित नमूनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने […]