समाज

शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा

शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा

प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । एमालेकी विद्या भट्टराईले मुलुकमा आर्थिक मन्दिका कारण नागरिकको दैनिक […]

  • २ years अगाडि
कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन

कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन

कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ । लामो समयदेखि अन्यौलमा रहेका एक सय ९३ जना चिकित्सक तथा स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गरिएको हो । उनीहरु लामो समयदेखि दरबन्दीविहीन अवस्थामा रहँदा पारिश्रमिक पनि पाउन सकेका थिएनन् । मुख्यमन्त्री लीला गिरीको […]

  • २ years अगाडि
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई शीघ्र सम्पन्न गर्न सम्वद्ध पक्षलाई आग्रह गर्दै ताकेता गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले सो प्रसारण लाइन […]

  • २ years अगाडि
नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । कार्यक्रममा सचिव सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता रहेको बताउनुभयो । “अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्न सक्छ”, उहाँले भन्नुभयो […]

  • २ years अगाडि
‘बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक’

‘बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक’

आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम सार्वजनिक गर्दै तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न मितिमा पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको प्रमुख […]

  • २ years अगाडि
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति

खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति

तीन नगरपालिका समेटिएको निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको आठ हजार सात सय २१ मिटर पाइपमा क्षति पुगेको पाइएको छ । तीन स्थानीय तहमा सडक विस्तार तथा अन्य संरचना निर्माणका क्रममा उक्त परिमाणको पाइप क्षति भएको आयोजकले जनाएको हो । आयोजनाका अनुसार बनेपा नपाले तीन सय ३५ मिटर, धुलिखेल नपाले एक हजार चार सय ३५ […]

  • २ years अगाडि
चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसँैका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । मुस्ताङको मुक्तिनाथ दर्शनका लागि पुगेका धार्मिक पर्यटकसमेत पछिल्लो […]

  • २ years अगाडि
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना

राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । आज बिहान करिब साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टर चढेर गोरखा पुग्नुभएका उहाँले गोरखनाथ र गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । उहाँलाई गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले विधिपूर्वक पूजाअर्चना गराउनुभएको थियो । गोरखकाली मन्दिरको पूजासकेलगत्तै राष्ट्रपति […]

  • २ years अगाडि
पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी

पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी

काठमाडौँ, १२ चैत (रासस) : उपत्यकामा काँठ क्षेत्रको बेग्लै आकर्षण छ । ग्रामीण जीवनलाई जोगाएर सहरतिर उन्मुख हुँदै गइरहेको काँठ क्षेत्रले हाम्रो मौलिक जनजीवन, परम्परा, कला, संस्कृति एवं रीतिथिति जोगाएर राखेको छ । वनजङ्गल, नदीनाला, मठमन्दिर, चैत्य, गुम्बा आदिमा धनी यस क्षेत्रले आधुनिकतासँगै पुराना जात्रामात्रा, चाडपर्व, संस्कृति सबै जोगाएर राखेको छ । स्वच्छ हावापानी र […]

  • २ years अगाडि
फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार

फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार

जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । यहाँका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई पत्राचार गरेको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हालै जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दा नियम विपरीत फार्मेसी सञ्चालनमा रहेको पाइएको थियो । अनुगमनका क्रममा मेडिकहरुले अनुमति नलिइ […]

  • २ years अगाडि
उपभोक्ता समिति गठन नहुँदा योजना अलपत्र

उपभोक्ता समिति गठन नहुँदा योजना अलपत्र

बागलुङका स्थानीय तहले विनियोजन गरेको बजेट कार्यान्वयनमा उपभोक्ता समिति नहुँदा कठिनाइ भएको छ । गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने युवा जनशक्ति अभावका कारण समिति गठन हुन नसक्दा समितिमार्फत सम्पन्न गर्नुपर्ने योजनाहरु कार्यान्वयनका लागि कठिनाइ भएको हो । काठेखोला गाउँपालिका–६ वडा कार्यालयले प्रजातन्त्रदय प्राविमा शौचालय निर्माण र अमृतपानी आधारभूत विद्यालयमा शौचालय, सुरक्षा पर्खाल, खानेपानीलगायतयोजना निर्माणका […]

  • २ years अगाडि
खानेपानी ट्याङ्कीमा भेटियो शव

खानेपानी ट्याङ्कीमा भेटियो शव

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिनुभयो । “दुई÷तीन दिन अगाडिदेखि उपभोक्ताले […]

  • २ years अगाडि

लोकप्रिये