इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन् । ‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु […]
चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निर्माण गरिएको करिब ३७ दशमलव एक किलोमिटर पर्यटन मार्गको बिहीबारदेखि औपचारिक सुरुआत गरिएको जङ्गल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष सन्तोष धितालले जानकारी दिनुभयो । सफारीका लागि विभिन्न घुमाउरो र मूल बाटोबाहेकको भित्री […]
स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ । प्राकृतिक चिकित्सा पद्धतिबाट गरिने उपचार प्रभावकारी बन्दै गएपछि दीर्घकालीन रोगका बिरामीलाई सेवा दिने उद्देश्यले चिकित्सालयको निर्माण थालिएको हो । चिकित्सालयको बिहीबार नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले शिलान्यास गर्नुहुदै निर्माणाधीन भवन समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चिकित्सालयको थप […]
काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो । नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार अहिले बिहान ६ देखि ८ बजेसम्मका लागि पोखरी खुला […]
बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन […]
धनकुटाको तमोर नदीस्थित मूलघाटमा रहेको सशस्त्र प्रहरीको ‘चेकपोष्ट’मा कुनै सवारी नम्बर दर्ता (इन्टिङ) गर्न रोकिनेबित्तिकै तँछाडमछाड गर्दै स्थानीय व्यापारी ‘उखु खाम उखु’ भन्दै गाडीका झ्यालमा पुग्छन् । घरीघरी सडकको दुवैतर्फबाट गाडी आएर रोकिँदा उखु बेच्नेको भागदौड र भीड हेर्न जति रमाइलो लाग्छ सायद यात्रुलाई पनि त्यति नै उखु खाउँखाउँ लाग्दो हुन्छ होला । त्यसैले त […]
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो । समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा पर्ने रहेको ‘खप्तड होमस्टे’ को […]
बागलुङमा हरेक वर्ष क्षयरोगी बिरामी बढ्दै गएका छन् । पछिल्लो तीन वर्ष तथ्याङ्कअनुसार बागलुङमा क्षयरोगको सङ्क्रमण फैलिँदो अवस्था देखिएको हो । आर्थिक वर्ष २०७७/७८ जिल्लाभर एक सय ६६ जना क्षयरोगका बिरामी थिए । यो सङ्ख्या बढेर २०७८/७९ मा एक सय ८५ मा पुगेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै जिल्लाभर एक सय २९ […]
काठमाडौँ, १० चैत (रासस) : भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ । पछिल्लो साता मुलुकभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी ह्वात्तै […]
नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकालाई गत वर्ष नै पूर्णखोप घोषणा गरिए पनि केही महिनाअघि दादुरा महामारी देखिएको थियो । दादुरा सङ्क्रमित बालबालिकाले खोप नलगाएको पाइएपछि अहिले पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर […]
झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्नुभयो, “हाल उक्त सङ्ख्या दोब्बरले बढेको छ ।” झापामा चालु आवको फागुनसम्ममा […]
भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले […]