समाज

तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

काठमाडौँ, १० चैत (रासस) : चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार […]

  • २ years अगाडि
सुपारी र कुखुराको अवैध आयात रोक्न माग

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने बताउनुभयो । […]

  • २ years अगाडि
पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट

पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ । लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको बेरुजुको अभिलेख राख्ने र फछ्र्योटका लागि ताकेता गर्न पहल गर्ने एवं बेरुजु न्यूनीकरण गर्न लेखा समिति सदस्य बलराम पौडेलको संयोजकत्वमा विष्णुमणि बराल र रामजी पौडेल […]

  • २ years अगाडि
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी

पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पार्नुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचाँै विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताउनुभयो । “निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छभन्दा केही मान्छेमा छटपटी भएको छ” उहाँले भन्नुभयो, […]

  • २ years अगाडि
सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा

सञ्चारमाध्यमले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यम सधैभरि सचेत हुनुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)को स्थापना दिवसका अवसरमा आज आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ साधारणसभामा शुभकामना मन्तव्य राख्नुहुँदै उहाँले सरकारले निरन्तररुपमा विधिको शासनको परिपालन गरिरहेको छ कि छैन भन्नेमा रेडियो सचेत हुनुपर्ने बताउनुभयो । “सञ्चारमाध्यम सधैको प्रतिपक्ष हो । नेताहरुमा प्रतिपक्षमा […]

  • २ years अगाडि
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो । “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र […]

  • २ years अगाडि
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग

परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र नेकपा(एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले […]

  • २ years अगाडि
काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै

काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै

जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ । काठमाडौंँको बसुन्धारास्थित मृत सञ्जीवनी ग्याल्वा जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता मिति […]

  • २ years अगाडि
बढ्दैछ रगतको अभाव

बढ्दैछ रगतको अभाव

रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ । अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि बाहिरिँदा रगतको अभाव हुन थालेको हो । यहाँ […]

  • २ years अगाडि
‘कोरोनातन्त्र’ ले गरेको शासन सूत्रउपन्यासमा

‘कोरोनातन्त्र’ ले गरेको शासन सूत्रउपन्यासमा

आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उहाँको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ । महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी […]

  • २ years अगाडि
महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’

महिलाले खोले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’

स्याङ्जाको वालिङमा महिलाद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालनमा ल्याएको छ । सहकारीले रू तीन करोड ३३ लाखको लागतमा फागुन २८ गतेदेखि उद्योग सञ्चालनमा ल्याएको हो । वालिङ नगरपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष कविता तिवारी गैरेले बताउनुभयो । उक्त उद्योगबाट रैथाने […]

  • २ years अगाडि
को बन्दैछ आइजिपी ?

को बन्दैछ आइजिपी ?

काठमाडौँ, ९ चैत (रासस) : नेपाल सरकारको निर्णयानुसार प्र्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नुहुनेछ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य […]

  • २ years अगाडि

लोकप्रिये