समाज

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका […]

  • २ years अगाडि
आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सङ्घ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियान गत शनिबार १२ औँ हप्ता पूरा भयो […]

  • २ years अगाडि
भरतपुर महानगर ः  सडक निर्माण तीब्र

भरतपुर महानगर ः सडक निर्माण तीब्र

एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र भरतपुर – ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो । सघन […]

  • २ years अगाडि
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?

राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?

संविधानले सबै जातजाति तथा समुदायलाई समान हक र अधिकार प्रदान गरेको भए पनि ६० लाख दलित समुदायमाथि अझै पनि विभेद भएकामा राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आपत्ति जनाउनुभएको छ । राजनीतिक तथा संवैधानिक रुपमा सबै जातजाति समान भए पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको र दलित समुदायले सामाजिक रुपमा विभेद भोग्नुपरेको भन्दै सांसदहरुले आपत्ति जनाउनुभयो । […]

  • २ years अगाडि
सांसदले सुनाए- दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा

सांसदले सुनाए- दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा

दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामीण क्षेत्रमा त विभेद भयो । पानी छुन दिइएन तर, शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद गरियो भन्ने […]

  • २ years अगाडि
कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै

कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै

कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर रु दुईका दरले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ । प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, […]

  • २ years अगाडि
मदन भण्डारी राजमार्गमा सन्तान्नब्बे पुल निर्माण सम्पन्न

मदन भण्डारी राजमार्गमा सन्तान्नब्बे पुल निर्माण सम्पन्न

पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । लम्बाइका हिसाबले ठूला पुल सम्पन्न भइसकेका र अब निर्माण गर्न बाँकी रहेकामा अधिकांश साना पुल नै रहेको निर्देशनालयमा कार्यरत इञ्जिनियर शिवशरण […]

  • २ years अगाडि
अनधिकृत संरचनामा डोजर

अनधिकृत संरचनामा डोजर

पाटन बजारमा रहेका अनधिकृत संरचना पाटन नगरपालिकाले डोजर प्रयोग गरेर हटाउन थालेको छ । पाटन नमूना सहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनाधिकृत संरचना हटाउन सुरु गरिएको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो । नगरपालिकाले बजारबाट नयाँ बसपार्क जोड्ने सडक र विमानस्थल जोड्ने शाखा सडक निर्माण गर्न उक्त क्षेत्रमा बनेका संरचना हटाउन थालेको हो । उक्त […]

  • २ years अगाडि
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक आगामी मे २९ देखि जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत डा धनञ्जय रेग्मीले […]

  • २ years अगाडि
माडीको परशुराम कुण्डमा स्नान सुरु

माडीको परशुराम कुण्डमा स्नान सुरु

चितवनको माडीस्थित परशुराम कुण्डमा मङ्गलबारदेखि स्नान सुरु गरिएको छ । विशेषगरी चैते दशैँ एवम् रामनवमीका अवसरमा स्नान गरिने धार्मिक एवम् पुरातात्विक महत्व बोकेको परशुराम कुण्डमा औंशीदेखि स्नान सुरु भएको हो । स्नानका लागि आवश्यक व्यवस्था मिलाइएको गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिं गुरुङले जानकारी दिनुभयो । कुण्डसम्म जाने गोरेटो बाटो तथा कुण्ड सफाइ गरिएको उहाँले […]

  • २ years अगाडि
सेना र प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार

सेना र प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार

डिभिजन वन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार उपलब्ध गराएको छ । वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसर पारेर डिभिजन वन कार्यालयले गोरखनाथ गण मुडे ब्यारेक र जिल्ला प्रहरी कार्यालयलाई डढेलो नियन्त्रणका क्रममा उपयोग हुने विभिन्न प्रकारका औजार उपलब्ध गराएको हो । रेक, स्वाटर, एक्स–हो, रेक–हो, ब्याग प्याक […]

  • २ years अगाडि
वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम सुरु भएको घोषणा गर्नुभयो । वैदेशिक रोजगारीमा रहेका […]

  • २ years अगाडि

लोकप्रिये