रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ । यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ परीक्षण […]
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।” उहाँ शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो । राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन […]
गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी खुसी भएको स्थानीय अगुवा […]
सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गर्नुभयो । गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको […]
भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ ।” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भन्नुभयो, “पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण […]
काठमाडौं । देशभर थप ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । पीसीआर विधिअनुसार देशभर १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको […]
काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसका केही नेताहरूलाई सन्देश पठाएर आफू पार्टीमा रहन नसक्ने अवस्था आएको बताएका हुन् । वाग्लेले भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ […]
सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा […]
हेटाँैडामा निजीक्षेत्रबाट सञ्चाललनमा रहेका तीन अस्पताललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही सुरु गरेको छ । हेटौँडामा कारबाहीमा पर्ने अस्पतालमा मकवानपुर सहकारी अस्पताल, हेटाँैडा सिटी अस्पताल तथा सञ्चो अस्पताल हेटाँैडा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनस्वास्थ्य ऐन तथा नियमावली विपरीत काम गरेको र तोकिएको मापदण्डको पालना नगरेको अनुगमनमा पाइएपछि सो कारबाही थालिएको हो । […]
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मङ्गलबार अनुगमनका क्रममा सो अनुसारको सेवा उपलब्ध नगराएको पाएपछि उक्त निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेका अनुसार अनुगमनको क्रममा निजी स्वास्थ्य संस्था एकीकृत अनुगमन […]
भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो समयदेखि गरिएको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सकारात्मक पहलमा भरतपुर अस्पताललाई न्याम्सको आङ्गिक शिक्षण अस्पताल बनाउन सकिएको बताउनुभयो । “यसले अस्पतालको गुणस्तर बढाउनुका […]
सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन् । मासिक उपलब्ध गराउने राहत रकम नपाउँदा लाभग्राही निराश बनेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ भदौ २५ गते दीर्घरोगीलाई मासिकरूपमा रु पाँच हजार रकम दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७८ चैत २८ गते परिपत्र गर्दै […]