सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उहाँका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको […]
म्यान्मारको सैन्य (जुन्टा) सरकारले बौद्ध नयाँ वर्षको उपलक्ष्यमा तीन हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । यद्यपि सरकारले रिहा गर्ने सूचीमा पछिल्लो दुई बर्षमा पक्राउ गरी जेलमा रहेका आङ सान सुकीको नेशनल डिमोक्रेसी (एनएलडी) पार्टी र त्यहाँका प्रजातन्त्र पक्षधर अन्य विपक्षी दलहरूका नेता तथा कार्यकर्ता र सर्वसाधारण रहेका छन् वा अन्य विभिन्न अभियोगमा […]
काठमाडौं । प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने […]
युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका […]
देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटाकेटी त्यसैसँग खेलिरहँदा त्यो यन्त्र अचानक विष्फोट हुँदा ती बालबालिकाले ज्यान गुमाएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज […]
दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन निकायले जनाएका छन् । प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादीहरूबारे गुप्तचर सूचना पाएपछि खोजी अभियान चलाइरहेका क्वेटा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा […]
कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो । संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण भएको र त्यसले आणविक युद्ध निम्त्याउन खोजेको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको […]
विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका […]
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । चीनको तीनदिने राजकीय भ्रमणमा रहनुभएका उहाँले यहाँ आएपछि दिनुभएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उक्त कुरा बताउनुभएको हो । चिनियाँ राजधानीमा फ्रान्सेली नागरिकहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले शान्ति र स्थायित्वको साझा जिम्मेवारीका निम्ति फ्रान्स सदैव तत्पर रहेको बताउनुभयो । युरोपेली मुलुकले बेइजिङसँगको व्यापारिक […]
आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ । उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्राका लागि छ लाख ३४ हजार भक्तजन दर्ता भइसकेका जनाएको छ । […]
विगत सात वर्षदेखि तेहरान र युएईबीच चिसिएको कूटनीतिक सम्बन्ध इरानले संयुक्त अरब इमिरेट्स ९युएई०का लागि आफ्ना राजदूत नियुक्त गरेसँगै पुनः हार्दिकतातर्फ फर्किएको छ । तेहरानले मङ्गलबार युएईका लागि नयाँ राजदूत नियुक्त गरेको छ । इरानी विदेश मन्त्रालयको प्रवासी विभागमा महानिर्देशकका रूपमा काम गरेका रेजा अमेरीलाई युएईका निम्ति राजदूत नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । […]
पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । हातमा लाठी लिएका उनीहरूले कानुन उल्लङ्घन गरेका र विष्फोटक सामग्रीसमेत बोकेका प्रहरी प्रवक्ताले बताएका छन् । मस्जिदको […]