फिल्म

कर्णालीको कथामा ‘बुलाकी’

कर्णालीको कथामा ‘बुलाकी’

नेपाली चलचित्रमा ग्रामीण परिवेश र कथालाई केही समययता देखाउनेक्रम बढेको छ । मौलिक नेपाली चलचित्रमा स्थानीय भाषा, पहिरन र संस्कृतिलाई समेटिने गरिन्छ । कर्णालीमै डेढ महिना छायाङ्कन गरिएको चलचित्र ‘बुलाकी’को काठमाडौँमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री सुरक्षा पन्तले मनोरञ्जन, मौलिकतासँगै संस्कृतिलाई समेटेर तयार गरिएको जानकारी दिनुभयो । “कर्णाली ठाउँ विकट भए पनि त्यहाँका मान्छे […]

  • १ year अगाडि
आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शनमा

आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ । गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गर्नुभएको छ । धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमामा आउनुभएकी प्रेमाले […]

  • १ year अगाडि
नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने

नेफ्टाले प्राविधिक लक्षित नयाँ नियम ल्याउने

नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न लागिएको सङ्घका अध्यक्ष पुस्कर लामाले जानकारी दिनुभयो । “हामीले विदेशमा लागू गरिएको आठ घण्टे सिफ्ट यहाँ वैज्ञानिक नदेखिएपछि बाह्र घण्टाको बनाएका छौँ । जिम्मेवार […]

  • १ year अगाडि
हास्यविधाका चलचित्र दर्शकको रोजाइमा

हास्यविधाका चलचित्र दर्शकको रोजाइमा

काठमाडौँ, १५ चैत (रासस ) : हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ पनि हास्य विधामै रहेको चलचित्र हो । यसलाई हेर्दा नेपाली चलचित्रमा […]

  • १ year अगाडि
अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बालकलाकार दिनेश खत्रीले अवार्ड जित्नुभयो । “हाम्रो कामलाई विश्वले हेर्नुभएको छ । हेरेर यसले दिएको सन्देशलाई महसुस गर्दै […]

  • १ year अगाडि
चलचित्रमा रङ्ग पत्रकार

चलचित्रमा रङ्ग पत्रकार

पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले आफ्नो पाँचाँै चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन आजदेखि सुरू गर्नुभएको छ । एक महिनाको तालिका बनाएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म लगायतको […]

  • १ year अगाडि
तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

काठमाडौँ, १० चैत (रासस) : चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार […]

  • १ year अगाडि
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा […]

  • १ year अगाडि
लेखन र निर्देशन कार्यशाला सम्पन्न

लेखन र निर्देशन कार्यशाला सम्पन्न

चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गर्नुभएको तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । चलचित्रकर्मी बर्वेले नेपालमा अनुभवी तथा नयाँ चलचित्रकर्मीसँग तीन दिन बिताउदा सिकाउनुका साथै सिक्न पनि पाएको […]

  • १ year अगाडि
सचिनको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’

सचिनको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’

‘छ भनौँ कि छैन भनाँै’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौँ कहाँ’, ‘झन झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका गीतमार्फत स्थापित गायक सचिन रौनियारले गायनसँगै आफ्नो अभिनय रहेको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’ सार्वजनिक गर्नुभएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको ‘मरिहत्ते’ मा उहाँसँगै अभिनेत्री नीता ढुङ्गानाको […]

  • १ year अगाडि
चलचित्र समीक्षा– ‘छक्का पञ्जा ४’

चलचित्र समीक्षा– ‘छक्का पञ्जा ४’

सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ । लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बन्नुभएकी दीपाश्री निरौला यसपटक कलाकार मात्र हुनुहुन्छ । लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले निर्देशनको कार्यभार […]

  • १ year अगाडि
सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । विराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिनुभयो । उहाँले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना […]

  • १ year अगाडि

लोकप्रिये