काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ ।बिहीबारबाट निरन्तर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।हालसम्म बाढीले करीब १०० जनाको मृत्यु र ६0 भन्दा बढि वेप्प्पता रहेका छन।
२ असोज, काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेपनि बाँकी भू-भागमा सफा रहेको जानकारी छ ।
प्रहरी प्रधान कार्यालयले एकैचोटि ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। तनहुँ, बागलुङ, पर्सा, धादिङ, मोरङ, कञ्चनपुर, सर्लाही, पाल्पा, कैलाली, बर्दिया, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, धनकुटा, डोटी, चितवन, धनुषा, झापा, रुपन्देही, गुल्मी, सुर्खेत, स्याङ्जा, महोत्तरी, सिरहा र बाँकेमा प्रहरी प्रमुख रहेकासँगै ७८ एसपीको सरुवा गरिएको हो।
काठमाडौं । सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको […]