म्याग्दी, १८ फागुन (रासस) ः बेनीको बजार जता माया उतै छ नजर किरमिरे जाली रुमाल । टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले विसं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर […]
पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाँकेमा दुई देशका नागरिकको आवतजावत अत्यधिक हुने गर्दछ । तर भीडभाड हुने बजारका विभिन्न चोक तथा […]
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा र […]
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा ‘नमूना पशु अस्पताल’का काम तीव्ररुपमा भइरहेको छ । दमौलीमा पशु अस्पताल बनेपछि तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, नवलपरासीलगायतका आसपास क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने छन् । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना छ । गण्डकी प्रदेश सरकारको कूल रु दश करोडको लागतमा उक्त अस्पताल […]
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार छ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]
बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित शेयरमा […]
आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै […]
चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताउनुभयो । कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी […]
म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत […]
भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भइरहेको काम नुवाकोटमा लक्ष्यभन्दा निकै ढिला भएको छ । गत असार २७ गते राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भएको आठबुँदे प्रतिबद्धताअनुसार जग्गा वितरण सुरु भइसक्नुपर्ने थियो । तर हालसम्म कार्यतालिकाअनुसार सुरुआती चरणको निवेदन सङ्कलनको कामसमेत पूरा […]
कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी […]
जनकपुरधाम, १८ फागुन (रासस) : जनकपुरधाम, १८ फागुन (रासस) ः धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवद्र्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ । नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया पूरा गर्नुपर्दा भोग्नुपर्ने समस्या समाधानका लागि सूचना प्रविधिको अधिकतम प्रयोगलाई प्रवद्र्धन गर्ने नीतिअनुसार प्रविधि सुधारको पहल भइरहेको उपमहानर प्रमुख मनोजकुमार […]