समाज

‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती नरहेको बताउनुभएको छ । सबै देशका नागरिकलाई समान नजरले हेर्दै आएको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षालाई ध्यान दिएर काम गरिएको स्पष्ट पार्नुभयो । नेपालका लागि जापानी दूतावासका द्वितीय सचिव योसिमुरा केन्जीले आफूसँग गर्नुभएको भेटवार्ताका क्रममा नायव महानिरीक्षक गुरुङले नेपाल भ्रमणका […]

  • २ years अगाडि
सन्दीप लामिछाने युएई प्रस्थान

सन्दीप लामिछाने युएई प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । हिजो भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो । युएईमा जारी आइसिसी विश्वकप लिग–२ […]

  • २ years अगाडि
एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ

एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ

भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् । भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV5566 नम्बरको […]

  • २ years अगाडि
जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते

जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते

पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ […]

  • २ years अगाडि
विद्युत् चुहावट गर्ने आठ जना पक्राउ

विद्युत् चुहावट गर्ने आठ जना पक्राउ

हुकिङ गरी विद्युत् चुहावट गर्ने आठ जनालाई आज पर्साको पोखरीयाबाट पक्राउ गरिएको छ । चुहावट नियन्त्रण गर्न खटिएको विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरीयाको टोलीले हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा आठै जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका बहुवर्वाका अजय राम, सखुवाप्रसौनी गाउँपालिका लखनपुरका जगदीश कमकर, सोही गाउँपालिका सखुवनियका शम्भु महतो थारु, […]

  • २ years अगाडि
मौसममा सुधार आएपछि भरततालमा चहलपहल बढ्यो

मौसममा सुधार आएपछि भरततालमा चहलपहल बढ्यो

मौसममा सुधार आउन थालेपछि सर्लाहीको बागमती नदी किनारमा नवनिर्मित भरततालमा चहलपहल बढेको छ । रातमा कुहिरो, दिनमा शीतलहरका साथै खोला किनारको चिसो सिरेटोका कारण घटेको चहलपहल अहिले बढेको हो । भरततालस्थित बोट व्यवसायी सङ्घका सदस्य रामकाजी थापाले मौसम अनुकूल भएपछि रमाउन आउने बाह्य तथा आन्तरिक आगन्तुकको सङ्ख्या वृद्धि भएको बताउनुभयो । उहाँले अहिले सरदर चार […]

  • २ years अगाडि
बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

खोटाङ, १७ फागुन (रासस) : सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाका लागि दूधकोसीको पानी पम्पिङ गरेर घरघरमा वितरण गर्नेगरी सुरु गरिएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त आयोजनाको काम ८६ […]

  • २ years अगाडि
हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठमा

हिमालय ट्राभल मार्टको चौथो संस्करण जेठमा

हिमालय ट्राभल मार्टको चौथो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौँमा आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरद्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगमका साथै विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सहकार्यमा मार्ट आयोजना गर्न लागिएको पाटा नेपालले जनाएको छ […]

  • २ years अगाडि
नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक २४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ९५ दशमलव ४९ विन्दुमा कामय भएको हो । नेप्से परिसूचक करिब दुई महिनापछि दुई हजारको अङ्क भन्दा तल झरेको हो । आज दुई सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार नौ […]

  • २ years अगाडि
फेब्रुअरीमा ७३ हजार पर्यटक

फेब्रुअरीमा ७३ हजार पर्यटक

अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ […]

  • २ years अगाडि
करोडौं ठगी गर्ने शाहविरुद्ध कानुनी कार्वाहीमा उत्रिए सिआईबी

करोडौं ठगी गर्ने शाहविरुद्ध कानुनी कार्वाहीमा उत्रिए सिआईबी

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ । ब्यूरोले आज यहाँ पत्रकार सम्मेलन गरी आरोपित शाह र उनका सहयोगीहरुमाथिको अनुसन्धान सकिएको जानकारी दियो । शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी […]

  • २ years अगाडि
कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला

कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला

पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा एक दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्रका विभिन्न कृषक समूहबाट आआफ्ना कृषिजन्य उत्पादन प्रदर्शनमा राखेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । कृषिप्रति सर्वसाधारणलाई आकर्षित गराउन मेला आयोजना गरिएको उल्लेख गर्दै उहाँले वडाभित्र बाँझा जग्गामा खेती […]

  • २ years अगाडि