समाज

क्रसर उद्योग सञ्चालनमा आए

क्रसर उद्योग सञ्चालनमा आए

यसअघि अवैधरुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग अहिले सञ्चालनमा ल्याइएको हो । जिल्लामा सञ्चालित ४९ क्रसर तथा बालुवा प्रशोधन उद्योगमध्ये ४५ सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो […]

  • २ years अगाडि
मिथिलाञ्चलमा सुरु भयो होली

मिथिलाञ्चलमा सुरु भयो होली

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताँै दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको हो । परिक्रमामा सहभागी हजाराँै साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका […]

  • २ years अगाडि
ज्येष्ठ नागरिकलाई सम्मान

ज्येष्ठ नागरिकलाई सम्मान

बागलुङको ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसर पारेर आइतबार जनयुद्धका शहीद र बेपत्ताजनका २७ परिवारलाई मासिक भत्ता वितरण गरेको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक रु एक हजारका दरले आठ महिनाको एकमुष्ठ भत्ता रु आठ हजार प्रदान गर्नुभएको हो । शहीद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ […]

  • २ years अगाडि
भूमिहीनलाई लालपुर्जा

भूमिहीनलाई लालपुर्जा

काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको हो । आयोगको तत्कालीन काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक जिल्ला समितिको धुलिखेलस्थित कार्यालयले विसं २०५२ मा गरेको निर्णयका आधारमा १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको आयोगका जिल्ला सदस्य रामबहादुर तामाङले […]

  • २ years अगाडि
‘अफ्रिकन स्वाइन फिवर’ले  बङ्गुर मरे

‘अफ्रिकन स्वाइन फिवर’ले बङ्गुर मरे

अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र खैरहनीमा […]

  • २ years अगाडि
पल शाहको मुद्दामाथिको सुनुवाइ सकियो

पल शाहको मुद्दामाथिको सुनुवाइ सकियो

काठमाडौं । उच्च अदालत पोखरामा कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको हो । आजै आदेश आउन सक्ने सम्भावना रहेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

  • २ years अगाडि
परम्परागत आरन व्यवसाय लोप हुने अवस्थामा

परम्परागत आरन व्यवसाय लोप हुने अवस्थामा

गलेश्वर । म्याग्दीका ग्रामीण भेगमा परम्परागतरूपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । आयातित कृषि औजार तथा हातहतियारको बढ्दो प्रयोग हुनुका साथै धेरै मिहिनेतमा कम आम्दानी हुने हुँदा नयाँ पुस्ताले आरन पेसा छोड्दै जान थालेपछि विस्तारै यो पेसा लोप हुने अवस्थामा पुगेको हो । बजारमा आधुनिक प्रविधिको प्रयोग गरी खुलेका कृषि औजार […]

  • २ years अगाडि
बालबालिकालाई वडाको निःशुल्क ‘ट्यूसन’

बालबालिकालाई वडाको निःशुल्क ‘ट्यूसन’

दमक । दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्युसन कक्षाको व्यवस्था गरेको हो । वडाले पहिलो चरणमा उराव बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । यहाँका अधिकांस बासिन्दा स्थानीय चिया बगानमा काम गर्छन् । विपन्न समुदायका बालबालिकालाई लक्षित गरी अतिरिक्त […]

  • २ years अगाडि
चक्कु प्रहार गरी काकाको हत्या गरेका विजेन्द्र पक्राउ

चक्कु प्रहार गरी काकाको हत्या गरेका विजेन्द्र पक्राउ

जलेश्वर । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए । वृद्धभत्ता माग्दा नदिएपछि उनको […]

  • २ years अगाडि
किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार, एक चिनियाँ नागरिक पक्राउ

किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार, एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको छ । तीमध्ये दुई […]

  • २ years अगाडि
आलेख : रित्तिँदै गाउँ, भरिँदै बजार

आलेख : रित्तिँदै गाउँ, भरिँदै बजार

(रासस) : “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झ¥यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।” भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त […]

  • २ years अगाडि
ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन् । नियम […]

  • २ years अगाडि