राजनीति

नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित

नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको […]

  • २ years अगाडि
९३ वर्षीय वृद्धद्वारा मतदान

९३ वर्षीय वृद्धद्वारा मतदान

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गर्नुभएको छ । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रमा उहाँले बिहान ८ बजे मतदान गर्नुभएको हो । शारीरिकरुपमा अशक्त रहनुभएका श्रेष्ठले आफन्तको सहयोगमा मतदान गर्नुभएको हो । तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रमा […]

  • २ years अगाडि
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ । आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न […]

  • २ years अगाडि
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना […]

  • २ years अगाडि
तनहुँ–१ उपनिर्वाचनः  दुई उम्मेदवारले मात्रै मतदान गर्दै

तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै

तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नुहुनेछ । अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र […]

  • २ years अगाडि
बारा–२ उपनिर्वाचनः  एकघण्टामा पाँच प्रतिशत मतदान

बारा–२ उपनिर्वाचनः एकघण्टामा पाँच प्रतिशत मतदान

बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो । […]

  • २ years अगाडि
चितवन – २ उपनिर्वाचन :  मतदान सुरु

चितवन – २ उपनिर्वाचन : मतदान सुरु

चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि […]

  • २ years अगाडि
तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु

तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उहाँले जानकारी दिनुभयो । मतदान साँझ ५ बजेसम्म रहनेछ […]

  • २ years अगाडि
सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ । वीरगञ्ज महानगरपालिकाद्वारा बिहीबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रिजालले सिर्सियाको प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सराहनीय रहेको र त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योगग्राम निर्माणका लागि पहल भइरहेको उहाँको भनाइ थियो । […]

  • २ years अगाडि
नक्कली भूटानी शरणार्थी बनाएर अर्बौं ठगी काण्डमा मुछिँदा किन चुपचाप छन् ‘बादल’ !

नक्कली भूटानी शरणार्थी बनाएर अर्बौं ठगी काण्डमा मुछिँदा किन चुपचाप छन् ‘बादल’ !

काठमाडौं । नेपालको राजनीतिमा राम बहादुर थापा ‘बादल’ अपवाद हुन् भन्दा अन्यथा नहोला । भाषण र गालीगलौजमा उत्रने नेताहरुको भिडमा उनी कतै देखिँदैनन् । स्वभावले अन्तरमूखि मानिने बादलको राजनीतिक जीवन भने उतारचडावपूर्ण छ । कतिपयले उनलाई ढुलमूले समेत भन्ने गरेका छन् । हुनपनि उनको राजनीतिक यात्राले पनि कतिपयले लगाउने त्यस्ता आरोपहरुलाई मलजल गर्ने गर्दछ । […]

  • २ years अगाडि
उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि

उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । उपननिर्वाचनका लागि […]

  • २ years अगाडि
प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै

प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै

प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उहाँहरु चितवन आउन लाग्नुभएको हो । वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन […]

  • २ years अगाडि