राजनीति

विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’

विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’

तनहुँका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ का ४० घर भुजेल र ऋषिङ गाउँपालिका–४ का करिब ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । आँबुखैरेनीमा ४६ परिवारमध्ये […]

  • २ years अगाडि
उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम्सेवक तालिम

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम्सेवक तालिम

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम्सेवक तालिम सञ्चालन गरेको छ । बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयम्सेवक तयार गर्ने […]

  • २ years अगाडि
तीन शीर्षनेताको बैठक सभामुख निवासमा जारी

तीन शीर्षनेताको बैठक सभामुख निवासमा जारी

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्षनेताको बैठक सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा बिहान १०ः३० बजेबाट सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुन्छ । त्यसैगरी बैठकमा एमालेका प्रमुख सचेतक पदम […]

  • २ years अगाडि
सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राख्नुभएको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले उक्त रुलिङ गर्नुभएको हो । “विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ”, सभामुख घिमिरेले भन्नुभयो, “प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण […]

  • २ years अगाडि
अनेमसङ्घको अध्यक्षमा टुका हमाल

अनेमसङ्घको अध्यक्षमा टुका हमाल

नेकपा (एमाले)को जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्घको अध्यक्षमा टुका हमाल निर्वाचित हुनुभएको छ । यहाँ भएको साताँै राष्ट्रिय अधिवेशनले हमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सङ्घको उपाध्यक्षमा शर्मिला कार्की, विमला राई पौडेल, मेनुका काफ्ले, मेनका पोखरेल, रूक्मणी राना र सुमित्रा विसी निर्वाचित हुनुभएको छ । महासचिवमा पेम्बा लामा, उपमहासचिवमा शान्ति अधिकारी […]

  • २ years अगाडि
मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै

मधेस प्रदेशको प्रदेशसभा बैठक बस्दै

मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो । गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार पुरानो बक्यौता रकमबारे पनि कार्यसूची रहेको छ । […]

  • २ years अगाडि
राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ ः उपप्रधानमन्त्री श्रेष्ठ

राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ ः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताउनुभयो । अरुको निम्ति ठूलो कुरा गर्ने आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ । उपप्रधानमन्त्री भन्नुभयो, “अरुका निम्ति […]

  • २ years अगाडि
बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद र गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद र गोपनीयताको शपथ

बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद र गोपनीयताको आज शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुवै जना मन्त्रीलाई पद र गोपनीयताको शपथ आज साँझ गराउनुभएको हो । मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त गर्नुभएको थियो । उहाँले […]

  • २ years अगाडि
कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छ ः सहमहामन्त्री आङदेम्बे

कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छ ः सहमहामन्त्री आङदेम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल सांस्कृतिक कलाकर्मी सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले पार्टीभित्र योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास भएमात्र कांग्रेस वलियो हुने बताउनुभएको हो । उहाँले पार्टीको १४औँ महाधिवेशनले पदाधिकारीमा युवा नेतृत्वलाई प्राथमिकता दिए पनि युवाहरुले पार्टीलाई सही दिशामा […]

  • २ years अगाडि
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : अर्थमन्त्री डा महत

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित हुने बताउनुभएको छ । आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) सँग आज अर्थमन्त्रालयमा भएको भेटमा उहाँले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताउनुभयो । “अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रीत […]

  • २ years अगाडि
मिटरब्याज पीडितको दोस्रो समूहसँग आजदेखि वार्ता सुरु

मिटरब्याज पीडितको दोस्रो समूहसँग आजदेखि वार्ता सुरु

सरकारी वार्ता टोलीले आजदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको छ । शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले राससलाई जानकारी दिनुभयो । “आज दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, भोलि १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ, कोइरालाले […]

  • २ years अगाडि
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गर्नुभएको छ । एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण गर्नुभयो […]

  • २ years अगाडि