कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उहाँले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग हो भन्नुभयो । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उहाँले जिकिर गर्नुभयो । मुख्यमन्त्री […]
अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ । सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिएको हो । सम्मेलनमा एक हजार दुई सय ६२ जनाको सहभागिता रहनेछ । सम्मेलनले आगामी तीन वर्षका लागि नीति, कार्यक्रम पारित गर्नुका साथै नेतृत्व चयन गर्ने […]
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मीलगायतको […]
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभएको छ । सो पार्टीको स्कूल विभाग झापाको आयोजनमा भद्रपुरमा आजदेखि सुरु भएको दुईदिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष नेपालले मुलुकको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । “देशको समस्याको पहिचान, कारण र समाधानका […]
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताउनुभएको छ । फ्लोरिकल्चर एसोसियसनद्वारा आज यहाँ आयोजित २४औँ फ्लोरा एक्स्पोको शुभारम्भ गर्नुहुँदै उहाँले अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न आवश्यक रहेको र यसका लागि सरकारले गृहकार्य थालिसकेको जानकारी दिनुभयो । “अहिलेको अर्थतन्त्रको अवस्थालाई अब हामी यथास्थितिमा राख्दैनौँ । सरकारले तत्काल सुधारका […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “बेथितिहरू अन्त्य गर्न र […]
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक […]
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट गर्नुभएको छ । पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आउनुभएको उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, “अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको […]
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लाग्नुभएका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत सन्देश दिनुहुँदै एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “आजदेखि सुुरू हुने माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीको उज्ज्वल भविष्यको […]