राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आउनुभएका विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई उहाँले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा जोड दिनुभयो । वाणिज्यदूतका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, […]
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाउनुभएको छ । मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उहाँले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग […]
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव दिनुभयो । मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गर्नुभयो । “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ”, उहाँले भन्नुभयो । […]
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले मिटरब्याजीविरुद्धको आन्दोलनले उठाएको माग अविलम्ब पूरा गर्न र उक्त अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रचार विभाग प्रमुख […]
उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनुवाइ गर्दै विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथाशीघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिनुभएको हो । “विद्यार्थी हकहितलाई […]
जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले विपद् जस्ता घटनाबाट बच्न, बचाउन सतर्क रहन निर्देशन दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतमा बसेको बैठकमा पालिकाका प्रमुख, सरोकारवाल, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रतिनिधि एवं प्रमुखको सहभागिता थियो । बैठकमा चैत–वैशाखमा सुक्खा हुने र यो मौसममा आगलागी जस्ता घटनामा वृद्धि हुने भएकाले यसबाट […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उहाँले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभयो । प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उहाँहरुबीच महत्वपूर्ण छलफल भएको हो । आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको […]
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताउनुभएको छ । नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा उहाँले प्रदेश तथा सङ्घको निर्वाचनमा आम जनताको विश्वासका कारण पहिलो दल बनेको जनाउँदै उहाँले जनताबीच गरिएका प्रतिबद्धतालाई बिर्सन नहुने बताउनुभयो । “हामीले जनतासँग एउटा सङ्कल्प गरेका छौँ, जुन विश्वासलाई […]
नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो । चार डिआईजीलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम […]
बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख […]
सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा मङ्गलबार अपराह्न गठबन्धनको […]