राजनीति

शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने माओवादी घटकको निर्णय

विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको जनयुद्धकालीन माओवादीका शीर्ष नेता सम्मिलित बैठकले पछिल्ला दिनमा भइरहेका गतिविधिको सामूहिक प्रतिवाद गर्ने र साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन […]

  • २ years अगाडि
नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखद्वारा बधाई ज्ञापन

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखद्वारा बधाई ज्ञापन

सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उहाँकै निवासमा पुगेर बधाई ज्ञापन गर्नुभएको छ । मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गर्नुभएको हो । नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित […]

  • २ years अगाडि
चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिन्ह प्रदान

चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिन्ह प्रदान

आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा ९१० बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो । सोही […]

  • २ years अगाडि
आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन

आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ । आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो । सदस्य ठाकुरले अनुगमनका क्रममा निर्वाचनमा मतदान प्रक्रिया सफलरुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थलगत अवलोकन र अनुगमनका क्रममा निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी […]

  • २ years अगाडि
राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदान सम्पन्न, मतगणना केही बेरमै

राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदान सम्पन्न, मतगणना केही बेरमै

नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । मतदान आज बिहान १० देखि सुरु भएको दिउँसो ३ बजेसम्म भएको थियो । केहीबेरमै सोही स्थलमा मतगणना प्रारम्भ हुने र आजै राष्ट्रपति निर्वाचनको […]

  • २ years अगाडि
उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने योग्यता निर्धारण गर्न माग

उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने योग्यता निर्धारण गर्न माग

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न निर्वाचन आयोगसँग माग गरेको छ । आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर अभियानका संयोजक स्वागत नेपालसहितको टोलीले आज उक्त माग गरेको हो । अभियानको स्मरणपत्रमा संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा […]

  • २ years अगाडि
राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

नयाँ राष्ट्रपति पदको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा तीन सय […]

  • २ years अगाडि
‘राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ’

‘राष्ट्रपतिले दलीय संरचनाबाट अलग भइ भूमिका निर्वाह गर्नुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उहाँले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति […]

  • २ years अगाडि
प्रधानमन्त्री दाहालद्वारा मतदान

प्रधानमन्त्री दाहालद्वारा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसक्नुभएको छ । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक […]

  • २ years अगाडि
मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ  : पौडेल

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : पौडेल

राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल ( नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताउनुभयो । उहाँले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले […]

  • २ years अगाडि
दलितमुक्ति सङ्गठनको राष्ट्रिय सम्मेलन जेठमा

दलितमुक्ति सङ्गठनको राष्ट्रिय सम्मेलन जेठमा

नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठनको छैठौँं राष्ट्रिय सम्मेलन आगामी जेठ २१ र २२ गते काठमाडौँमा हुनेभएको छ । सङ्गठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कमिटीको पाँचौंँ पूर्ण बैठकले छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसर पारेर २०८० साल जेठ २१ र २२ गते छैठौंँ राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो […]

  • २ years अगाडि
प्रतिनिधिसभाका सभामुखद्वारा मतदान

प्रतिनिधिसभाका सभामुखद्वारा मतदान

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र […]

  • २ years अगाडि