राजनीति

खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता  गर्नुस्ः सभामुख

खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्नुस्ः सभामुख

सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिनुभएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा) स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विगतमा प्रजातन्त्र र गणतन्त्रका लागि लक्ष्य बनाएर काम गरे पनि व्यवस्था परिवर्तन भएसगैँ पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको उल्लेख गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, […]

  • २ years अगाडि
स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

काठमाडौँ, १७ फागुन (रासस) : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन् । विद्यार्थी सङ्गठनले आगामी स्ववियु निर्वाचनमा बेरोजगार शिक्षाको अन्त्य गरी […]

  • २ years अगाडि
रास्वपाको चुनाव चिह्न फेरियो

रास्वपाको चुनाव चिह्न फेरियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो । रास्वपाका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले पार्टीले निर्वाचन आयोगमा पेस गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन प्रस्तावलाई निर्वाचन आयोगका […]

  • २ years अगाडि
बुटवलमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

बुटवलमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टीलाई बलियो बनाउन ग्रासरुट अभियानको थालनी गरिएको बताउनुभयो । “एमाले तल्लो तहका कार्यकर्ताले […]

  • २ years अगाडि
प्रतिनिधिसभा बैठक चैत ५ मा

प्रतिनिधिसभा बैठक चैत ५ मा

आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ “फागुन १७ गते आज दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको […]

  • २ years अगाडि
रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र […]

  • २ years अगाडि
पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम चाहिन्छः उपाध्यक्ष अर्याल

पहुँच बाहिर रहेका समुदायलाई विशेष कार्यक्रम चाहिन्छः उपाध्यक्ष अर्याल

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई लक्ष्य गरी विशेष कार्यक्रम ल्याउन नीतिगत व्यवस्था हुनुपर्नेे बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा विज्ञ डा सुशील बरालको प्रस्तुतिपछि उहाँले तराईका डुम र राउटेलगायत समुदायलाई केन्द्रित गरी स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको हो । समिति सभापति दिलकुमारी रावलले […]

  • २ years अगाडि
‘ऊर्जा क्षेत्रमा लगानीका नयाँ स्रोत खोज्न आवश्यक’

‘ऊर्जा क्षेत्रमा लगानीका नयाँ स्रोत खोज्न आवश्यक’

नेपालको ऊर्जा क्षेत्र विकासका लागि लगानीका नयाँ स्रोत खोजिनुपर्ने आवश्यकता सरोकारवालाले औँल्याएको छन् । अमेरिकी सहयोग नियोग (युएसएड) ऊर्जा नेपाल कार्यक्रमले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रका लागि वित्तपोषण’ विषयक कार्यशालाका वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रमा अहिले भइरहेका लगानीका स्रोत मात्र पर्याप्त नरहेकाले नयाँ स्रोतका लागि पहल गर्नुपर्ने धारणा राख्नुभयो । नेपालको दीर्घकालीन ऊर्जा सुरक्षाका […]

  • २ years अगाडि
सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय

सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विभिन्न मितिमा सहिद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेसलगायतका आन्दोलनमा सहादत प्राप्त गरी सहिद घोषणा गरेका तर राजपत्रमा प्रकाशित हुन बाँकीको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार […]

  • २ years अगाडि
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा […]

  • २ years अगाडि
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र

नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सभापति शेरबहादुर देउवाले पार्टीले सर्वसम्मत निर्णय गरेका राष्ट्रपतिका उम्मेदवार पौडेललाई भोट माग्दै दलहरूलाई आग्रह गर्नुभएको पत्र सोमबार पठाउनुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यही फागुन […]

  • २ years अगाडि
एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

सरकारले सबै सरकारी निकायका वेबसाइटहरुबीच एकरुपता कायम गरी सुरक्षा प्रणालीलाई मजबुद तुल्याउने उद्देश्यले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणाली सञ्चालनमा ल्याएको छ । सूचना प्रविधि विभागद्वारा विकास गरिएको ती दुवै प्रणालीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो । सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ […]

  • २ years अगाडि