काठमाडौँ, (रासस) : मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । सोही […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले राष्ट्रपतिको निर्वचानमा एमालेसँग गठबन्धन नहुने बताएका छन् । बालुवाटारमा शुक्रबार बिहान बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति गरेकोले अर्को खालको गठबन्धन नहुने उनले दाबी गरे । कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा आ(आफ्नो दाबी गरेपनि अब चारवटै दल एउटा निर्णयमा पुग्ने उनको भनाइ छ […]
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका […]
काठमाडौँ । राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साँझ ५ बजे […]
काठमाडौँ । नेकपा एमालेका सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् । शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेक छन । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो […]
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन र यही फागुन २५ गते […]
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन्। रुकुम पश्चिममा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताए। प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने उनले बताए। मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश दुर्घटनाको बाटोमा जाने बताएका छन् । रफ्त सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले देशलाई दुर्घटनाको बाटोमा जानबाट रोक्न पनि सहमतिको प्रयास जारी रहेको बताएका हुन् । उनले भने, “प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरूले राष्ट्रपतिमा पनि […]
काठमाडौं । राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल सकिएको छ । सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, “हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा […]
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन् । बिहीबार माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुुनुहुन्छ ।’ । छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले बताए
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका छन्। सोमबार बालकोटमा पत्रकारसँग कुराकानी गर्दै ओलीले पूर्वसहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड अघि बढ्ने बताए। ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले सपोर्ट गर्दैगर्नु हुन्न। गर्नै मिदैन। किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभयो,’ अध्यक्ष ओलीले भने। गत पुस १० […]
नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताहरूबीच अहिले छलफल भइरहेको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्। जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादवसहित नेताहरू सहभागी छन्। यसअघि प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका […]