बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । दोगडाकेदारको सिल्लेगडामा रहेको सिल्लेगडास्थित नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो । सञ्चार सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीय डम्बर कुँवरले बताउनुभयो । टावरमा समस्या आएपछि टेलिकमको भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कबाट विच्छेद हुनुपरेको छ । उक्त […]
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । अहिले आयोजनाको अस्थायी बाँधमा पानी […]
मानव अधिकार तथा शान्ति समाजले छ सुत्रीय धारणासहित कुशासन र दण्डहीनताविरुद्ध २०८० जेठ १ गतेदेखि देशव्यापी रुपमा तेस्रो चरणको अभियान प्रारम्भ गर्ने भएको छ । विसं २०८० वैशाख अन्तिम सातासम्म पनि शान्ति समाजले अघि सारेका छ वटा विषयमा ठोस् प्रगति नभए तेस्रो चरणको अभियान जेठ १ गतेदेखि प्रारम्भ हुनेछ । त्यसक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा […]
धवलागिरि क्षेत्रको साहित्यिक इतिहास र साहित्यकारका बारेमा थप खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । पर्वत साहित्य सङ्गम र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित ‘धवलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठीमा सहभागिले धवलागिरिका साहित्यका बारेमा थप खोज र अनुुसन्धान गर्नका लागि सामूहिक प्रयास गर्न सुझाव समेत दिए । कार्यक्रममा साविकको […]
दाङको कर्णाली भनेर चिनिने ‘गङ्गटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर त्यो विद्युत् उद्घाटनको दिनमात्रै बल्यो, त्यसपछि विद्युत् बलेन । अहिले सबैका घर अगाडि विद्युत्का पोल र तार […]
बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ […]
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो । कक्षा ४ र ५ सञ्चालन भइरहेका ४२ र […]
काभ्रेपलाञ्चोक, १७ वैशाख (रासस) : काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ । बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक […]
स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (कर्णाली पाइलट) अन्तर्गतका चार योजनालाई बारेकोट गाउँपालिकाले निर्धारित समय अगाबै पूरा गरेको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग कर्णालीका १५ स्थानीय तहमा सो कार्यक्रम सञ्चालित छ । बारेकोटले चार योजनाका काम सबैभन्दा अगाडि सम्पन्न गरेर पहिलो भएको कार्यक्रमका शैलेश शर्माले जानकारी दिनुभयो । ती योजनामा बारेकोट–४ दहमा जडीबुटी सङ्कलन केन्द्र, […]
बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् […]
दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङक्रमण बढेको जनाइएको छ । बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङक्रमण देखापरेको छ । रोगका कारण बङ्गलाचुली–७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नं […]
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् । दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताउनुभयो । “दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक मर्मत ग¥यो पुनः बिग्रिन्छ”, […]